News Category 2080/04/16
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली यस वर्षको वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् ।
३१ औं प्रकाश स्मृती दिवस बैध–प्रकाश मानवअधिकार दिवसको अवसरमा मंगलबार राजविराजमा आयोजित समारोहमा उनलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सो पुरस्कारबाट सम्मानित गरेका हुन् ।

यस्तै यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार राजविराज ४ निवासी कञ्चन झालाई प्रदान गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइ बुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत भएकी हुन् ।
यसअघि कार्यक्रममा सहभागि वक्ताहरुले मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उल्टै मधेश प्रदेशमा मानवअधिकार उलंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रिय सदस्य मिहीर कुमार ठाकुरले मानवअधिकार उलंघन गर्नेलाई छानबिन र कारवाही मात्रले नपुग्ने भन्दै यो प्रकृतीलाई नैं कसरी रोक्न सकिन्छ भन्नेतर्फ सोच्न आवश्यक रहेको बताए ।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले मधेश प्रदेशमा मानवअधिकार उलंघनका घटना बढीरहेको बताउँदै सोमबार इन्सेक सप्तरीका प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथी प्रहरीद्वारा भएको कुटपिट, जनकपुरमा दाइजोको निहुमा आरतीको हत्या, बारामा डिएसपीले आदेश गरेर दुई जनामाथी गरिएको कुटपिट मानवअधिकार उलंघनको दुःखद अवस्था रहेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशकी प्रमुख मन्जु खतिवडाले मधेश प्रदेशका हरेकजसो जिल्लामा मानवअधिकारको उलंघन भइरहेको बताइन् ।
कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिन, जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनरायण साह लगायतले पनि मानवअधिकार संरक्षणका लागि आफूहरुले सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ