News Category 2080/04/19
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजले आफ्नो २५ औं वर्षिकोत्सवको अवसरमा २५ योजना सार्वजनिक गरेको छ ।
संस्थाले शुक्रबार रजत जयन्ति समारोहको अवसरमा २५ योजना कार्यक्रम सार्वजनिक गरेको हो । अभियान अन्तर्गत संस्थाले बाल बचतकर्ताको जन्मदिनको अवसरमा केक उपहार दिने, ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई न्यूनतम १ लाख भन्दा बढी बचत रकम पुगेमा निःशुल्क तिर्थाटन गराउने, नारी बचत खातामा न्यूनतम मौजदात ५० हजार राख्नेको १ लाखको दुर्घटना विमा गराउने लगायतका कार्यक्रम समेत समेटेको छ ।
यस्तै आफ्ना ग्राहकका साथै सर्वसाधारणको हितमा श्रावण महिना र तिजका बेला महिलालाई संस्थाको तर्फबाट निःशुल्क मेहन्दी लगाउने व्यवस्था मिलाईने तथा समुदायलाई बाढीबाट जोगाउने उद्देश्यले स्थापना गरिएको पूर्व सूचना प्रणाली केन्द्रलाई ५० हजार रुपैयाँ थप सहयोग उपलब्ध गराउने योजना ल्याएको संस्थाका अध्यक्ष गणेश कुमार आशले जानकारी दिए ।
जलवायु परिवर्तन, रक्तदान, युवा लक्षित विशेष कार्यक्रम, सञ्चार क्षेत्र, स्वास्थ्य, शिक्षा, मैथिली भाषा साहित्यको विकास लगायतका २५ बुँदे कार्यक्रम समेटिएको उनले बताए । संस्था २४ वर्ष अघि २०५६ साल १९ साउनमा स्थापना भई सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बताएका अध्यक्ष आशले संस्थाको सबलता र सक्षमताका कारण गत आर्थिक वर्ष ०७९।८० मा ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी समेत दिए । सहकारीताको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्दा तथा १४ हजार ४ सय २५ जना सदस्यहरुको विश्वास र कर्मचारीहरुको मिहिनेतकै बलमा यस्तो सफलता मिलेको उनले बताए ।
कुल ११ करोड ३० लाख ४ सय रुपैयाँ शेयर पूँजी रहेको यस संस्थाले आफ्नो सदस्यहरुबाट ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ रुपैयाँ निक्षेप संकलन गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक दिनेश प्रसाद साहले जानकारी दिए । यस्तै संस्थाले १ हजार २ सय ८३ जनालाई ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ लगानी गर्दै कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ वासलात रहेको उनले जानकारी दिए ।
रजत जयन्ति समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंहले सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविन, संचालक समिति सदस्य शैलेश चौधरी, समाजसेवी ई. ईन्द्र नारायण देव, गैसस महासंघका केन्द्रीय उपाध्यक्ष धु्रव देव लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ