News Category 2080/04/22
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले समाचार संकलनमा पत्रकारलाई आइतबार रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनमत पार्टीको तर्फबाट नेताहरु ज्ञापन बुझाउन प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जाँदा त्यसको रिपोर्टिङ गर्न गएका पत्रकार बृजमान तामाङसहितकालाई सुरक्षाकर्मीले भित्र जान नदिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा समाचार सकंलनका क्रममा पत्रकार तामाङलाई सुरक्षाकर्मीले रोकेको जानकारी तत्कालै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई गराएपनि भित्र छिर्न नदिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “रिपोर्टिङका लागि खटिनु पत्रकारको दायित्व हो । यसमा अवरोध सृजना गर्नु प्रेस स्वतन्त्रताबिरुद्धको ठाडो हस्तक्षेप हो । मुलुकमा संघीय गणतन्त्र आइसकेको अवस्थामा पनि पंचायतकालिन शैलीमा प्रहरी, प्रशासनले व्यबहार देखाउनु र पत्रकारलाई आफ्नो काम गर्नबाट रोक्नु खेदजनक कार्य हो । हामी यसको भत्र्सना गर्दछौं ।”
साथै विज्ञप्तिमा आगामी दिनमा प्रेस स्वतन्त्रताबिरुद्धका कुनै पनि काम नगर्न प्रहरी प्रशासनलाई सचेत गराउँदै यस किसिमको काम पुनः दोहोरिएमा नेपाल पत्रकार महासंघ चुप लागेर नबस्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ