News Category 2080/04/22
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना, अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
राजविराजको हटियास्थित अतिक्रमित जग्गा खाली गराउन सफल राजविराज नगरपालिकाले आईतवारदेखि राजविराजको सिरहा रोडको अतिक्रमण डोजर लगाएर हटाउन सुरु गरेको छ ।
हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो ।
पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ ।
पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ । विहान ८ बजेतिर कार्यवाहक नगर प्रमुख परविनका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, डिएसपी नरेश कुमार सिह सहितको ठूलो संख्यामा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी सिरहा रोड पुगेका थिए ।
डोजर लगाएर भत्काउन सूरु गरिएपछि स्थानीय केहीले अवरोधको प्रयास गरे पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई सम्झाई बुझाइ साम्य पारेका थिए ।
स्थानीय पंकज मल्लिकले सर्वाेच्च अदालतले दुई दिन अघि मात्र सिरहा रोडमा तोडफोड गर्नू पर्ने सम्बन्धमा सम्बन्धित निकायको जवाफ मागेको दाबी गर्दैै थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले अदालतबाट नगरपालिकालाई त्यस्तो कुनै पत्र प्राप्त नभएको स्पष्ट पारिन् ।
अहिले हुलाकी सडक निर्माणका लागी राजविराजको वडा नं ६ र ७, कंचनपुर रोड, राजरंगशाला भएर सिरहा रोड छुने गरी नक्साकंन भएको छ । सोही अनुसार कामलाई गति प्रदान गर्न अवैध भौतिक संरचनामा डोजर चलाइएको कार्यवाहक नगर प्रमखु परवीनको भनाई छ । उनले हुलाकी मार्गको नक्साकंनमा परेको कंचनपृुर रोडको दायाँ बायाँ समेत अतिक्रमित जग्गा खाली गराउने काम छिट्टैं सुरु गर्ने जानकारी पनि दिइन ।
विकास निर्माण कार्यमा कोही पनि बाधक बन्न नहुने जिकीर गर्दै उनले निकट भविष्य मै राजविराज हटिया प्रवेश गर्ने भित्री सडक तथा राजविराज कारागार क्षेत्र वरीपरीको अतिक्रमण खाली गराउने तैयारी भईरहेको जानकारी दिइन । हुलाकी मार्ग फराकिलो तथा हटिया बजार र कारागारलाई व्यवस्थित बनाउन उक्त कदम चालिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ