News Category 2080/04/22
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना, अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी

दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
राजविराजको हटियास्थित अतिक्रमित जग्गा खाली गराउन सफल राजविराज नगरपालिकाले आईतवारदेखि राजविराजको सिरहा रोडको अतिक्रमण डोजर लगाएर हटाउन सुरु गरेको छ ।
हुलाकी राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउन नगरपालिकाले सुरक्षा निकायको सहयोगमा सिरहा रोडको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन शूरु गरेको हो ।
पटक÷पटक मौखिक र लिखित सूचना मार्फत हुलाकी मार्ग योजना अन्तर्गत परेको उक्त सडकको दायाँ बायाँ ९÷९ मिटर भित्र बनाइएका संरचना हटाउन आग्रह गर्दा पनि वेवास्ता गरेकाले डोजर प्रयोग गर्नु परेको नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परवीनको भनाई छ ।
पछिल्लो पटक ७ दिने म्याद दिदा समेत अतिक्रमण हटाउन अधिकांशले चासो नदेखाएको उनको भनाई छ । विहान ८ बजेतिर कार्यवाहक नगर प्रमुख परविनका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, डिएसपी नरेश कुमार सिह सहितको ठूलो संख्यामा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी सिरहा रोड पुगेका थिए ।
डोजर लगाएर भत्काउन सूरु गरिएपछि स्थानीय केहीले अवरोधको प्रयास गरे पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई सम्झाई बुझाइ साम्य पारेका थिए ।
स्थानीय पंकज मल्लिकले सर्वाेच्च अदालतले दुई दिन अघि मात्र सिरहा रोडमा तोडफोड गर्नू पर्ने सम्बन्धमा सम्बन्धित निकायको जवाफ मागेको दाबी गर्दैै थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले अदालतबाट नगरपालिकालाई त्यस्तो कुनै पत्र प्राप्त नभएको स्पष्ट पारिन् ।
अहिले हुलाकी सडक निर्माणका लागी राजविराजको वडा नं ६ र ७, कंचनपुर रोड, राजरंगशाला भएर सिरहा रोड छुने गरी नक्साकंन भएको छ । सोही अनुसार कामलाई गति प्रदान गर्न अवैध भौतिक संरचनामा डोजर चलाइएको कार्यवाहक नगर प्रमखु परवीनको भनाई छ । उनले हुलाकी मार्गको नक्साकंनमा परेको कंचनपृुर रोडको दायाँ बायाँ समेत अतिक्रमित जग्गा खाली गराउने काम छिट्टैं सुरु गर्ने जानकारी पनि दिइन ।
विकास निर्माण कार्यमा कोही पनि बाधक बन्न नहुने जिकीर गर्दै उनले निकट भविष्य मै राजविराज हटिया प्रवेश गर्ने भित्री सडक तथा राजविराज कारागार क्षेत्र वरीपरीको अतिक्रमण खाली गराउने तैयारी भईरहेको जानकारी दिइन । हुलाकी मार्ग फराकिलो तथा हटिया बजार र कारागारलाई व्यवस्थित बनाउन उक्त कदम चालिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
- 2082/04/23 करेन्ट लागेर इसरको मृत्यु
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ