News Category 2080/04/22
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने लक्ष्य ः शिक्षा मन्त्रि यादव
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादवले सप्तरीको खेलकुद क्षेत्रमा विकासका लागि चालु आ.ब.मा १ करोड ७५ लाख रकम बिनियोजित गरेको जानकारी दिएका छन् ।
सोमबार सप्तरी क्रिकेट संघको चौथो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले सो जानकारी दिएका हुन् ।
मन्त्रि यादवले राजविराजस्थित पविमाविको खेल मैदानको स्तरोन्नतीका लागि ५० लाख तथा राजरंशालाको पुर्ननिर्माणका लागि १ करोड रकम बिनियोजित गरेको बताए । उनले राजविराज वडा नं. २ मा क्रिकेट ऐकेडेमीका लागि २५ लाख रकम समेत बिनियोजित गरेको जानकारी दिए ।
सभामा बोल्दै उनले राजरंगशालालाई तीन वर्षभित्र पूर्ण रुपमा खेलमैदानको लागि तैयारी गर्ने लक्ष्य राखेको बताए । मधेश प्रदेश सरकारले ११ औं राष्ट्रिय प्रतियोगिता गराउन जिम्मा पाएकोमा सोही अनुसार तीन वर्षभित्र रंगशालालाई पूर्ण रुपमा निर्माण गरि उक्त प्रतियोगिता गराउने आफ्नो लक्ष्य रहेको उनको भनाई थियो ।
यस्तै वडा नं. २ मा क्रिकेट ऐकेडेमी निर्माण भएपछि भविष्यमा त्यसलाई प्रदेश स्तरिय ऐकेडेमीको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोही सभामा मन्त्रि यादवले खेलकुद ऐन यसै महिनाभित्र निर्माण भइसकेपछि खेलकुद क्षेत्रमा विकास गर्न सहज हुने बताए ।
मन्त्रि यादवले खेलकुद ऐन निर्माण भइसकेपछि प्रदेश र जिल्ला स्तरिय खेलकुद विकास समितिमा हुने गरेको राजनीतिक भर्ति केन्द्र पूर्णरुपले बन्देज लगाउने बताउँदै ती समितिहरुमा खेलकुदमा लागेका व्यक्तिहरुलाई मात्र नियुक्ती गर्ने योजना रहेको जिकिर गरे ।
खेलकुदमा प्रशिक्षकहरुलाई नयाँ प्रविधिसँगै तालिमको व्यवस्था गर्ने जानकारी दिँदै उनले १० औं राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशका खेलाडीहरुलाई प्रदेश सरकारले नै प्रशिक्षित गर्ने जनाए ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा मधेश प्रदेशका सभासद् सतिशकुमार सिंह, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष, केन्द्रिय सदस्य लगायतका सप्तरी क्रिकेट संघका सदस्यका तर्फबाट राजेशकुमार झाले शुभकामना व्यक्त गरेका थिए भने संघका सचिव चन्दनकुमार यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ