News Category 2080/04/24

राजरंगशालाको रुप फेर्ने तयारी

दैनिक समाचारदाता

राजरंगशालाको रुप फेर्ने तयारी

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 

    राजविराज ७ स्थित राजरंगशालाको रुप फेरिने भएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मर्मत सम्भार गरी रुप फेरीने तयारी भएको हो । 
    सप्तरी जिल्लाको एक मात्र पुरानो खेल मैदान राष्ट्रियस्तरका विभिन्न खेलकृुद प्रतियोगित समेत आयोजना हुदै आएकोमा वर्षौदेखि जिर्ण र बेवारिसे अवस्थामा रहेको छ । 
    हाल रंगशालाको प्याराफिट मुनी वर्षाैदेखि विभिन्न व्यक्तीले अतिक्रमण गरी वसोवास गरिरहेका छन भने अर्काे तीर ७ हजार दर्शक अटाउने क्षमता भएको प्यारापिट जीर्ण भइ ठाँउ ठाउँमा भत्किएको छ । मर्मत सम्भार नहुदा कुनै त्रेला पनि प्याराफिट भत्किने र ज्यानै जोखिममा पार्ने सम्भावना समेत रहेको छ । 
    बजेट अभावमा मर्मत सम्भार हुन नसकिरहेको बेला खेलकुद पृष्ठभुमी समेत भएका सप्तरीको प्रदेश २ को ख बाट निर्वाचित प्रदेश सभासदस्य तथा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको पहलमा राजरंगशालालाई स्तरोन्नती गरी नयाँ स्वरुप दिने तयारी थालिएको हो । 
    मन्त्री यादवका अनुसार राजरंगशालाको जीर्णाेद्वाराका लागी आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड बजेट विनियोजन गरिएको छ । यस्तै राजविराज ५ स्थित पविमाविको खेल मैदान र जिल्ला खेलकुद विकास समितीको परिसरमा रहेको कभर्डहल स्तरोन्नतीका लागी ५०÷५० लाख र राजविराज २ मा क्रिकेट एकेडमी निर्माणका लागी मधेश प्रदेश सरकारले २५ लाख रुपैया बजेट विनियोजन गरेको छ । 
    दुई दशक अघि तत्कालिन मेयर जगरनाथ दासको समयमा राजंगशालाको स्वामित्व जिल्ला खेलकृुद विकास समितीलाई दिएपछी अतिक्रमित स्थान खाली गराउन पटक÷पटक प्रयास हुदै आएपनि त्यसले सफलता पाउन सकेको छैन । 
    तर, अहिले नगरपालिका र स्थानीय प्रशासन अतिक्रमित स्थान खाली गराउन तातिएकाले छिट्टै रंगशालाको अतिक्रमण पनि हट्ने धेरैले विश्वास गरेका छन् । 
    बि.स. २०३६ सालमा तत्कालिन अञ्चलाधिश लक्ष्य बहादुृर गुरुङ्गको पालामा निर्माण भएको राजरंगशालाको त्यस पछि हाल सम्म कुनै निकायले पनि मर्मत सम्भार नगर्दा जिर्ण भई जोखिमयुक्त र खण्डहरमा परिणत भएको हो ।
    ११ औं  राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर मधेश प्रदेशले पाएको जानकारी समेत दिएका मन्त्री यादवले सो समय भित्रै राजरंगशालालाई नयाँ स्वरुप दिई सक्ने लक्ष्य राखेको जनाएका छन् । उनले प्रत्येक वर्ष केही न केही बजेट थपेर राजरंगशालाको कायापलट गर्ने सोच बनाएको बताउँदै सप्तरीमा क्रिकेट, फुटबल, भारत्तोलन, जुडो, कराँते, कुस्ती लगायत विभिन्न खेलका अन्तराष्ट्रियका खेलाडी भएपनि स्तरीय खेल मैदान नहुनु लाजको विषय भएको जनाए । 
    मन्त्री यादवले आफ्नो कार्यकालमा सप्तरीमा खेलका लागी पुर्वाधार निर्माणको काम शूरु गर्न सानो प्रयास गरेको जनाएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी जन्माई सकेको सप्तरीमा भने व्यवस्थित खेल मैदान नहुदा प्रतियोगिता आयोजनामा समस्या हुदै आएको जिल्ला खेलकुद विकास समिती सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेलको कथन छ । 
    मैदान अभावमै विभिन्न खेलकुदका गतिविधीमा कमी आएको नेपाल खेलकुद प्रत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझीको भनाई छ । राजरंगशालाको अवस्थाप्रति पटक÷पटक आवाज उठ्ने गरेको छ । 
    स–साना प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठेपनि पछि सेलाउने गरेको सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ निवासी जुडो संघ सप्तरीका पुर्व अध्यक्ष नवनित झाको भनाई छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट