News Category 2080/04/29
शिक्षा ऐनको मस्यौदामा सुधारका लागि शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
शिक्षा ऐनको मस्यौदा तथा सरकारसंग विगतमा भएको ३० र ५१ बुंदे सहमतीमा सुधार माग्दै सप्तरीका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् ।
आईतवार जिल्लाका १८ वटै पालिका कार्यालय प्राङ्गणमा ४ घण्टा धर्नामा वसेका शिक्षक र विद्यालय कर्मचारीले मंगलबार जिल्लास्थित शिक्षा विकास समन्वय इकाईमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
आफुहरुको माग पुरा नगरिएसम्म विभिन्न चरणमा आन्दोलन कार्यक्रम गरिने उनीहरुले जनाएका छन् ।
जिल्लास्थित शिक्षक महासंघको अगुवाईमा अघिल्लो दिन आइतबार विहान ११ बजे देखि ३ बजे सम्म धर्ना कार्यक्रम गरी सम्बन्धित पालिका प्रमुख मार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएका नेपाल शिक्षक महासंघ सप्तरीले जिल्ला शिक्षा विकास इकाई मार्फत पनि उक्त ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवले जनाकारी दिएका छन् ।
सरकारद्वारा हालै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८०” को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत टे«ड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वभिमानको खिलाफ रहेको अध्यक्ष यादवको भनाई छ ।
मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय बीच भएको ३० र ५१ बुदे सहमतीमा सबै मुदा उचित ढंगले समेटिन नसकिएको उनले बताएका छन् ।
त्यसैगरी विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमावी, बालकक्षा, विशेष कक्षा, शिक्षक सिकाई, अनुदान, प्राविधीकधार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुदाको सम्बोधन गर्न नसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ