News Category 2080/04/29
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सबल नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । सोमबार आयोजित एक समारोहबीच सबलले १८ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
समारोहमा गैसस महासंघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले समुदाय बिधालयको शिक्षा कमजोरसँगै अभिभावकको बिश्वास घट्दै गएकोले सबै मिलेर सामुदायिक बिद्यालयमा गुणस्तरिय सुधार ल्याउनुपर्ने धारणा रोख ।
कार्यक्रममा गैसस महासंघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, वालवालिकाहरूको पठाईमा सुधार र घरमा सिकाईको वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै बताए ।
उनले स्थानिय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालवालिकाहहरूको स्वास्थ, शिक्षालाई प्राथमिकतामा नराख्दा प्रभावकारी उपलब्धी हासिल गर्न चुनौती रहेकोले बालवालिकाको बिकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
गैसस महासंघ नेपाल सप्तरीका प्रथम अध्यक्ष दिलिप चौधरीले समुदायको बिकास र ब्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सबलले निरन्तर रूपमा समाजलाई सबल बनाउन खेलेको भुमिकाप्रति प्रशंसा गरे ।
सोही अवसरमा कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले सबल नेपालले समाज र समुदाय तथा राष्ट्र हितका लागी पु¥याएको योगदान बारे चर्चा गरे ।
कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आ.ब. २०७९÷८० को बार्षिक प्रगती प्रतिवेदन तथा आ.ब. २०८०÷८१ को बार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेकी छिन् ।
आ.ब. ०७८÷७९ मा खर्चको अनुमानित बिवरण अनुसार समुन्नती र संकल्प कार्यक्रम तर्फ ५ करोड १८ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ४ करोड २५ लाख, सौर्यउर्जा प्रवद्र्ध्वन कार्यक्रम तर्फ १२ लाख १९ हजार, शुद्व खानेपानी माथि सहज पहुँचका लागि ४२ लाख ५० हजार, दैबी प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगमा २ करोड ५० लाख, वातावरण संरक्षण अभियान २ करोड ५० लाख, कृषीमा आधारित कार्यक्रममा ७५ लाख २५ हजार र संस्था संचालन तर्फ ७५ लाख ४५ हजार गरी जम्मा १६ करोड ४८ लाख ३९ हजार बरावरको आयव्यय सार्वजनिक गरिन् ।
उनले सवलले शिक्षा, स्वास्थ, जिविकोपार्जन, किशोरकिशोरी बिकास कार्यक्रम संचालन गर्दै आएको जानकारी दिँदै सेभ द चिल्ड्रेन र सबल नेपालको साझेदारीमा जिल्लाको खडक र सुरूङ्गा नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षक शिक्षिकाहरूलाई शिक्षण सिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ चौकीहरूमा सामग्री बितरण, स्वास्थकर्मिहरूको क्षमता बिकास, किशोरकिशोरी क्षमता बिकास, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम गर्दै आएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, सुरूङ्गा नगरपालिका १० का वडा अध्यक्ष चन्द्र नारायण यादब, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी, सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, आसबिर सारू, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुन, सबल नेपालका संस्थापक अशोक कुमार साह, परमेश्वर झा, संस्थाका कार्यक्रम संयोजक रोशन मण्डल, सिरहाका वास कार्यक्रम संयोजक भिमलाल साही लगायत संस्थाका साधारण सदस्य तथा विभिन्न सघसंस्थाहरू तथा पालिकाहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ