News Category 2080/04/30

आगो निभाउने क्रममा महिला घाइते

दैनिक समाचारदाता

आगो निभाउने क्रममा महिला घाइते

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    सप्तरीको कंचनरुप १ बैरवामा सोमबार भएको आगलागिमा एक महिला घाइते भएका छन् । 
    स्थानीय ४० वर्षिया रामकली यादव घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा उनको बायाँ पाखुरा, पिठ्युमा सामान्य पोलेकोले भारदह अस्पतालमा उपचार भईरहेको छ ।
    स्थानीय अयोधि यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्केर आगलागि हुँदा उक्त नगद ५ हजारसहित २ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगोलाई कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट