News Category 2080/05/01
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
विशेष अदालतले राजविराजका निलम्बित मेयर भिमराज यादवलाई दोषि ठहर गर्दै २ लाख ६३ हजार ४ सय ६८ रुँपैया जरिवाना तोकेको छ ।
मेयरमा निर्वाचित हुनु अघि यादव संचालक रहेका न्यू गहिल कन्स्ट्रक्सनद्वारा आ.ब. २०७४÷७५ मा राजविराजस्थित राजरंगशालाको स्तरोन्नती कार्यमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत ७ जना बिरुद्ध २०७९ साल असार २९ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
सोही मुद्दामा बिहीबार विशेष अदालतले उनलाई दोषि ठहर गरि जरिवाना तोकेको हो । सोही मुद्दाका प्रतिवादी जिल्ला समन्वय समितिका इन्जिनियर विकास श्रेष्ठलाई ६ महिना कैद तथा उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठलाई २ लाख ६३ हजार ४ सय ७० रुँपैया जरिवाना भराउन विशेष अदालतको आदेशमा उल्लेख छ ।
यस्तै सोही प्रकरणमा आरोपी जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु, कार्यालय प्रमुख लक्ष्मण मण्डल र नासु महेन्द्र यादवलाई भने विशेष अदालतले सफाई दिएको छ ।
आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उक्त निर्माण कम्पनीका संचालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड (स्पेसिफिकेशन) विपरित कार्य गरि त्यस्तो कार्यलाई शर्त तथा मापदण्ड बमोजिम नै भएको भनि प्रमाणित र स्विकृत गराई २ लाख ६३ हजार ४ सय ६८ रुँपैया ४० पैसा बढी भुक्तानी लिएको उल्लेख छ ।
यसैबीच जरिवाना तोकिएका राजविराजका निलम्बित मेयर यादवले आफू न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने बताएका छन् । यादव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा परेको भ्रष्टाचार मुद्दामा अघिल्लो दिन बिहीबार विशेष अदालतले जरिवाना तोकेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
उनले आफू अन्यायमा परेको जिकिरका साथ न्यायका लागि जनता हुँदै सर्वोच्च अदालतसम्म जाने संचारकर्मीलाई बताएका छन् । विशेष अदालतबाट भएको फैसला बिरुद्ध सर्वोच्च जाने अधिकार सुरक्षित रहेकाले पुनरावेदनका लागि सर्वोच्च अदालत पुग्ने उनको भनाई छ ।
उनले आफू निर्दोष भएको दाबीका साथ लागेको कलंक मेटाउन पनि जनता हुँदै सर्वोच्च अदालत पुग्नु जरुरी भएको प्रष्ट पारेका छन् । उनले सुरुवाती चरणमा नगर क्षेत्रका मतदाताको घर घर गएर सल्लाह सुझाव लिने र त्यसपछि सर्वोच्च अदालत पुग्ने योजना रहेको सुनाए ।
२०७९ जेठ ९ गते पदभार ग्रहण गरेको एक महिना २१ दिन नबित्दै भ्रष्टाचारको आरोप लागेका मेयर यादव निलम्बनमा परेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ