News Category 2080/05/03
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
जिल्ला खेलकुद विकास समिती सप्तरीका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु आईतवारदेखि दोश्रो चरणको आन्दोलनमा उत्रेका छन् ।
दोश्रो चरणको संघर्ष कार्यक्रमको पहिलो दिन उनीहरु हातमा कालो पट्टी बाधेर तीन घण्टा पेनडाउन गरेका छन् ।
विगत २७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम पश्चात् आइतबारदेखी दोश्रो चरणका आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आह्वानमा देशै भरका जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरु आईतवारदेखि हातमा कालो पट्टी बाधेर पेन डाउनका उत्रेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।
कर्मचारी बढुवा प्रक्रिया लामो समयदेखि रोकिएकाले त्यसको विरोधमा यस अघि गत २६ साउन देखि १ भदौ सम्म प्रथम चरणको संघर्षको कार्यक्रम गरिएको थियो । तर, सार्थक परिणाम नआएकाले थप दवाब दिन दोश्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिएको उनको भनाई छ ।
आन्दोलनका कार्यक्रम अनुसार खेलकुद कर्मचारी संघले ३ भदौ देखि ५ भदौ सम्म १० बजे देखि दिउसो १ बजे सम्म ३ घण्टा पेन डाउन गर्ने भएको छ । त्यसैगरी ६ र ८ भदौमा विहान १० बजे देखि २ बजे सम्म ४ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको छ ।
दोश्रो चरणको आन्दोलनले पनि सार्थक परिणाम प्राप्त नभए तेश्रो चरणमा संघर्षका थप सशक्त कार्यक्रम ल्याउने तयारी भएको समेत जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ