News Category 2080/05/10
अपहरण, शरीर बन्धक तथा डाका मुद्दाका आरोपी दास पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
सुनसरी जिल्लाका दुई जनालाई धाकधम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले राजविराजका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. १ का अजय कुमार दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा डाका मुद्दामा मुद्दामा चलाएको प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार गत साउन २९ गते आफ्नो व्यवसायीक कामको सिलसिलामा राजविराज आएका धरान निवासी एक महिला र पुरुष म्याजिक चढेर घर जाने क्रममा रुपनीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएका दाससहितका केही व्यक्तिहरुले युनिक अस्पताल नजिकबाट अपहरण गरेका थिए । सो क्रममा दुबै जनालाई म्याजिकबाट ओरालेर धाकधम्कि दिई उनीहरुको साथमा रहेको ९७ हजार नगद र महिलाका श्रीमानलाई सोही समयामा फोन गरी मोवाइल वैंकिङ मार्फत थप १ लाख फिरौति मागे गरेको प्रहरीले जनाएको छ ।
फिरौति रकम प्राप्त भएपछी उनीहरु घटनास्थलबाट फरार भएपछि प्रहरीले उक्त घटनामा संलग्न मध्ये दासलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ