News Category 2080/05/15
जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध ः प्रजिअ थापा
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पत्रकार र प्रशासन एकअर्काको परिपुरक रहेको भन्दै सुमधुर सम्बन्ध हुनुपर्ने आबश्यकता रहेको बताए ।
पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रजिअ थापाले जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रशासनबाट हुने कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमात्र खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने भन्दै उनले त्यसका लागि प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने बताए । पत्रकारको सुरक्षामा कमि आउन नदिने बताउदै प्रजिअ थापाले प्रशासन र पत्रकार दुबै पक्षको एक–आपसमा सम्मान व्यवहारले सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सप्तरीमा खुल्ला सिमानाका कारण हुने चोरी निकासी, मिटरव्याज पीडितका नाममा हुने चलखेल, अस्पतालमा रहेको बेथिति, सडक दुर्घटना, स्थानीय तहहरुमा भईरहेको भ्रष्टाचारको घटना, विधुत समस्या, खुलेआम अखाद्य बस्तुको विक्री वितरण, फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव र विचौलियाको प्रभाव, लागु औषधको विक्री तथा युवापुस्तामा पारेको प्रभाव, छाडा चौपायाले निम्त्याएको समस्या, सार्वजनिक स्थानहरुमा भइरहेको चोरीका घटना, हत्या तथा अपराधीक घटनामा भईरहेको वृद्धिले शान्ति सुरक्षामा चुनौती थपेकोले यसलाई नियन्त्रण गर्न पत्रकारहरुलाई अग्रसर हुन सुझाव दिए ।
पछिल्लो समय प्रहरी प्रशासनबाट पत्रकारमाथी कुटपिट, समाचार संकलनमा अबरोध, संविधान तथा मानव अधिकार उल्लंघनका घटनाले सप्तरीका पत्रकारहरु असुरक्षित रहेको भन्दै पत्रकारहरुले प्रजिअ थापाको ध्यानाकर्षण गराएका थिए । पत्रकारहरुले दिएको सुझावलाई गम्भीरतापुर्वक लिएको बताउदै प्रजिअ थापाले क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, पुर्व केन्द्रिय सदस्य अबधेश झा, प्रेस स्वतन्त्रता सेनानी एवम शाखा सप्तरीका पुर्व सभापति बैधनाथ झा, पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिलकुमार अनल, गणेशलाल देव, प्रेस मञ्चका केन्द्रिय सदस्य चन्दन यादव, प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस काउन्सीलाई पूर्वसदस्य पत्रकार देवराम यादव, कृष्णा कुमार मण्डल लगायतकाले जिल्लाको अवस्था, तथा बस्तुस्थिति बारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ