News Category 2080/05/18
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी

दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
फरार रहेकी एक मिटरबयाजीलाई पक्राउ गर्न माग गर्दै सोमबार पीडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
सप्तरीको खडक नगरपालिकाबाट आएका दुई दर्जन मिटरब्याजी पीडितहरुले सोही नगरपालिका १० की मिटरब्याजी फुलकुमारी साह बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई उजुरीपत्र बुझाएका हुन् ।
प्रदेश सांसद माला कर्ण, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य शत्रुहनप्रसाद आजादको अगुवाईमा २४ जना मिटरब्याजी पीडितहरुद्वारा हस्ताक्षरित उजुरी पत्रमा घर, जग्गा र सुनचाँदी बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने ५५ वर्षिया साहलाई अविलम्ब पक्राउ गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
साहको चर्को मिटरब्याजबाट पीडित ३० वर्षिया ललितादेवी साहले ब्याज र ऋण असुलीको नाममा आफूहरुको उठीवास गराउन लाग्दा तनावमा आएका श्रीमान् दिरिपलाल साहले २० दिनअघि आत्महत्या गरेको बताइन् । उनले सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सहायता कक्षमा समेत उजुरी दिएको एक महिना बितिसक्दा पनि मिटरब्याजी साहलाई प्रहरीले पक्राउ गर्न नसकेको गुनासो पोखिन ।
मिटरब्याजीबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथी सुनुवाईमा ढिलो हुँदा पीडितहरु थप पीडामा परेको प्रदेशसभा सदस्य कर्णको भनाई छ । मिटरब्याजी साहले ऋण दिँदा मनपरी ब्याज असुल्ने र घरघडेरी कब्जा गर्दा गरिबको उठिवास भएकाले साथ दिन आएको उनले बताइन् ।
उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले पीडितलाई न्याय दिलाउन आफूले तत्कालै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साहमाथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋणको ब्याज र साँवा चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ