News Category 2080/05/18

मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 

दैनिक समाचारदाता

मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 

दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।

    सप्तरी क्षेत्र नं. ४ (२) बाट मधेश प्रदेशसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान तथा डाका मुद्दाको अभियोगमा सोमबार पक्राउ परेका छन् ।  
    घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उनलाई नियन्त्रणमा लिइएको बारे तत्कालै प्रदेश सांसद सचिवालय तथा माथिल्लो निकायमा जानकारी गराइएको उनको भनाई छ । 
    पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले समय अभाव देखाउँदै मंगलबार उपस्थित गराउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले बताए । 
    जनता समाजवादी पार्टीका स्थानीय प्रभावशाली नेता मानिएका उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका हुन् । 
    उनीमाथी सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय गोविन्द चौधरीको कर्तव्य ज्यान तथा डाका मुद्दाको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।     मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् । उक्त विषयमा जाहेरीपरेपछि अदालतमा वयान दिन समेत नआएर सिंह फरार थिए । 
    २०६४ साल असार ९ गते तत्कालिन नेकपा माओवादीका नेता दिपु भनिने गोबिन्द चौधरीलाई साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट