News Category 2080/05/19
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
कर्तब्य ज्यान तथा डाका मुद्दामा मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको इजलाशले उक्त मुद्दामा सुनुवाई गर्दै प्रदेशसभा सदस्य यादवलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
२०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा अघिल्लो दिन राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपीत थिए । आरोपित मध्ये ८ जनाको फैसला भएपनि उनी माथीको यो मुद्दा मुलतबिमा थियो । त्यती बेलाको आदेशमा यादवलाई पक्राउ गरि मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख थियो ।
सप्तरी जिल्ला अदालतका न्यायाधिश दुर्गाप्रसाद ढुंगेलको इजलाशले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । उच्च अदालत जनकपुर राजविराजको इजलाशका न्ययाधिशद्वय नारायण प्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको २०७५ भदौं ९ गतेको संयुक्त इजलाशले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो । २०७८ साल पुस १३ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले पनि जिल्ला र उच्च अदालतको फैसलालाई सदर गरेको थियो ।
मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय माओावदी नेता दिपु भनिने गोविन्द चौधरीको २०६४ साल असार ९ गते साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ