News Category 2080/05/20
कृष्णजन्मोत्सवको रौनक
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
प्रत्येक वर्ष कृष्णअष्टमीका दिन मनाईने भगवान श्रीकृष्णको जन्मोत्सव यस वर्ष पनि पुजापाठ, भजनकिर्तन, कलश यात्रा, नाटक तथा मेला लगायतको आयोजना गरी धुमधाममा साथ मनाइदै छ ।
यस अवसरमा कृष्ण मन्दिरहरुमा विषेश पुजा अर्चना गरिएको छ भने विभिन्न टोलबाट कलश र शोभायात्रा निकालिएको छ ।
राजविराजको मुख्य हाटबजारस्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा श्रीकृष्ण तथा अन्य देवी देवताका कलात्मक मुर्ती निर्माण गरिएको छ । सो मन्दिरमा पुजापाठ गर्न बिहानै देखि भक्तजनको भिड लागेको मन्दिर समितीका सदस्य प्रभात कुमार ललनले जानकारी दिए ।
यस अवसरमा मन्दिर परिसरमा मेलाको समेत आयोजना गरिएको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह “बिन्दी” ले बताए ।
यस्तै जिल्ला स्थित विभिन्न कृष्ण मन्दिर प्राङ्गनमा आयोजना हुने नृत्य तथा ग्रामिण युवा कलाकारको नाटक हेर्न आगन्तुकहरुको भीड लाग्ने गरेको डाक्नेश्वरी नगरपालिकाका कृष्ण पुजा समितीका सदस्य राजेश्वर रायले बताए ।
जन्मोत्सवको अवसरमा बिहीबार रथयात्रा निकालिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ