News Category 2080/05/22
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा शौचालयसहितको घर निर्माण
दैनिक समाचारदता
राजविराज, २२ भदौ ।
टुकी फाउण्डेशनद्वारा राजविराजकी दुई एकल महिलाका लागि शौचालयसहितको चार कोठे घर निर्माण गरिएको छ ।
फाउण्डेशनकी कोडिनेटर सुनिता साहले बिहीबार राजविराजमा आयोजित सामाजिक लेखा परिक्षण सार्वजनिक कार्यक्रममा सो जानकारी दिएकी हुन् ।
आयोजित कार्यक्रममा फाउण्डेशनकी कोडिनेटरसमेत रहेकी महिला सचेतना समाजका अध्यक्ष साहले समाजमा अपहेलित, दिनदुखी, असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरको लागी बाख्रा पालनबाट आय आर्जनमा मदत पुग्ने बिश्वास ब्यक्त गर्दै अगामी दिनमा अरु एकल महिलालाई समेटन टुकी फाउण्डेशनकलाई आग्रह गरिन् ।
टुकी फाउण्डेशनकी सावित्री रजाईलीले राजविराज नगरपालिका भित्र दुई जना एकल महिला, गरिब, असहाय, दिनदुखीलाई शौचालयसहित घर निर्माण र ३÷३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको कार्यक्रममा जानकारी दिएकी छिन् ।
उनका अनुसार राजविराज वडा नं. १४ का एकल महिला लडुवत्ति मण्डलको शौचालयसहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको बताइन ।
त्यस्तै राजविराज ९ का सकिना खातुनको शौचालयसहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको उनले बताइन ।
सो अवसरमा राजविराज नगरपालिका कार्यावाहक प्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईजिनियरद्वय केवल दास, अशोककुमार दास, पशुपंक्षि शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ, रिता राई, घर धनीको तर्फबाट वविता मण्डल र सकिना खातुन लगायत आ–आफनो विचार ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ