News Category 2080/05/22
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
सप्तरीको चार पालिकामा अहिले कार्यवाहक प्रमुखको जिम्मेवारी महिला जनप्रतिनिधिले पाएकी छिन् । ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् ।
जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।
राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका हाँकिरहेकी छिन । नगर प्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछी ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाहरुले पाएकी छिन् ।
ती सबैले एक्कासी पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेको बताएकी छिन् । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन भन्छिन–“नयाँ जिम्मेवारीले दैनिकी बदलिएको छ, अहिले उपसँगै प्रमुखको पनि दोहरो भुमिका र जिम्मेवारी थपिएको छ ।”
विष्णुपुृर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले एक्कासी नसोचेको पदको जिम्मेवारी प्राप्त भएको बताउँदै सबैको साथ र सहयोग लिएर इमान्दारीका साथ अघि बढेको बताइन् ।
राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनी तिनै जना अख्तियारको कारवाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुख विहीन बनेको छ ।
यस्तै जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता पनि अख्तियारको कारवाहीका कारण निलम्बनमा परेपछी ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ ।
सप्तरीको १८ पालिका मध्ये गत स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको थियो । यस्तै जसपा, लोसपा र एमालेले ३÷३, जनमतले २ तथा नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादीले १÷१ प्रमुख पदमा जित हात पारेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ