News Category 2080/05/23
सप्तरीको पाँच पालिका महिलाले हाक्दै, जसमध्ये चार कार्यवाहक प्रमुख
राजविराज÷सप्तरीको पाँच पालिका अहिले महिलाले नै हाक्दै आएकी छिन् । जसमध्ये चार पालिकमा महिलाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् भने एक पालिकामा पहिलेदेखी नै प्रमुख पदमा महिला नै छिन् ।
ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित तथा एक पालिकामा महिला प्रमुखमै निर्वाचित भएका थिए ।
प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् ।
जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।
राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेकी छिन ।
राजविराजकी कार्यवाहक प्रमुख इसरत परवीन र बोदेबर्साइनकी कार्यवाहक प्रमुख रेणु कुमारी साह जसपाबाट गत निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी हुन् भने विष्णुपुरकी कार्यवाहक प्रमुख रेणु कुमारी यादव नेपाली काँग्रेसबाट उपाध्यक्षमा जितेकी हुन् । त्यस्तै शम्भुनाथ नगरपालिकाकी कार्यवाहक प्रमुख अनिता कुमारी चौधरी नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि हुन् ।
नगरप्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछी ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाहरुले पाएकी छिन् भने जिल्लाको सुरुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट टिकट पाएर गिता चौधरी निर्वाचित भएकी हुन् ।
राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनी तिनै जना अख्तियारको कारवाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुख विहीन बनेको छ ।
यस्तै जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता पनि अख्तियारको कारवाहीका कारण निलम्बनमा परेपछी ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ ।
सप्तरीको १८ पालिका मध्ये गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको थियो । यस्तै जसपा, लोसपा र नेकपा एमालेले ३÷३, जनमतले २ तथा नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादीले १÷१ प्रमुख पदमा जित हात पारेको थियो ।
यसअघि २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ मध्ये ५÷५ पालिका नेपाली काँग्रेस, जसपा र लोसपाले जितेको थियो भने २ पालिकामा नेकपा एमाले र एउटा पालिकामा नयाँ शक्ति पार्टी बिजयी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ