News Category 2071/09/20
का“ग्रेस र एमाले आफ्नो बहुमतको दम्भबाट संविधान ल्याउन खोजे मुलुक आन्दोलनमय हुने चेतावनी
राजविराज÷३० दलिय मोर्चाले शनिबार राजविराजमा बृहत प्रदर्शन गर्दै बिरोध सभा गरेको छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङनबाट निस्किएको बिरोध ¥याली राजविराज नगरको परिक्रमा गरि गजेन्द्र चौकमा बिरोध सभामा परिणत भएको थियो ।
३० दलिय गठबन्धन मोर्चा सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको संविधान सभाबाट सहमतिमा संविधान पहिचान र अधिकार सहितको अग्रगामी संविधान विषयक विरोध सभामा बोल्दै एनेकपा माओवादीका जिल्ला संयोजक तथा सप्तरी क्षेत्र नं. २ का सभासद् अशोक मण्डल अमरले नेपाली काँग्रेस र एमाले आफ्नो बहुमतको दम्भबाट संविधान ल्याउन खोजे मुलुक आन्दोलनमय हुने चेतावनी दिनुभएको छ ।
उहाँले २०४७ सालकै संविधानलाई नै मुलुकमा लाद्न खोजेको आरोप लगाउँदै त्यसो भए काँग्रेस र एमाले मुलुकबाटै पलायन हुने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएकै समयमा मधेशी, दलित, आदिवासी, मुस्लिम लगायतको अधिकार सुनिश्चिता गरि संविधान जारि गर्न सम्पूर्ण दलको सहमति हुनुपर्छ अनिमात्र जनताको चाहना अनुसार संविधान जारि हुन्छ ।”
त्यस्तै पुर्व मन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय महासचिव मृगेन्द्र कुमार सिंह यादवले काग्रेस एमाले संविधान नल्याउँने षडयन्त्र गर्दै आएको आरोप लगाउँदै अधिकारको लागि अब सडक आन्दोलन बाहेक अन्य कुनै विकल्प नरहेको बताउँनुभयो ।
यसैगरी सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले अब मधेशी जनताहरु जगरुक भईसकेको बताउादै अब आप्mनो अधिकारका लडेर प्राप्त गर्ने बताउँदै काग्रेस एमालेको संघियता सहितको संविधान नल्याउने षडयन्त्र विरुद्ध मधेशमा ठूलो आन्दोलन हुने बताउँनुभयो ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित बिरोध सभामा संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित्त नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य साधना झा, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य विशेश्वर यादव, संघीय सद्भावना पार्टीका महासचिव सुरेश सिंह लगायतका बक्ताहरुले राज्यद्वारा गरिएको विभेद अन्त्य गर्नुपर्ने माग गर्दै यदी विभेद अन्त्य नभए मुलुक बिखण्डनमा पनि जान सक्ने कुरालाई ध्यानमा राख्नु पर्ने जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ