News Category 2080/05/24
एसईइको सर्टिफिकेट नदिएको भन्दै विद्यालयलमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
एसईइको सर्टिफिकेट बिधालयले नदिएको भन्दै सप्तरीको राजगढ गाउँपालिकास्थित जनता शंकर माबि नर्घाेमा आइतबार बिधार्थीहरूले तालाबन्दी गरेका छन ।
बि.स. २०७९ मा एसईइ उत्तिर्ण भएका बिधार्थिहरूले पटक पटक सर्टिफिकेट लिन जादाँ बिधालयले आलटाल गरेपछि सो तालाबन्दी गरिएको हो ।
एसईइ उत्तिर्ण विद्यार्थी पवन साहले बिधालयका तत्कालिन निमित्त प्राधानाध्यपक नारायण यादबले प्रत्येक बिधार्थीहरूबाट सर्टिफिकेट वापत २ सय ५० रूपैया शुल्क समेत उठाएको बताए ।
यस्तै बिधालयका जग्गादाता तथा ब्यबस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र यादबले उच्च शिक्षा अध्ययनका लागि एसईइ प्रमाणपत्र अनिवार्य भएकोले बिधार्थीको भबिश्यसँग खेलवाड नगर्न बिधालय प्रशासन सँग आग्रह गरेका छन् ।
यता हालै नियुक्त भएका निमित्त प्रधानाध्यापक रबिन्द्र साहले तत्कालिन निमित्त प्रअ नारायण यादबले हाल सम्म बरबुझाहत नगरेकोले बिधालय संचालन र ब्यबस्थापनमा पटक–पटक समस्या आउने गरेको प्रतिक्रिया दिएका छन् ।
बिधालयको खाता संचालनमा नआएको र एसईइको मार्कसिट, प्रोभिजनल लगायतका कागजातको लाग्ने दस्तुर बिधालयले तिर्न नसकेर समस्या आएको विद्यालय श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ