News Category 2080/05/24
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् ।
सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन ल्याउने तयारी भइरहेको उनको भनाई थियो ।
मन्त्री यादवले विगतको सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै उपयुक्त नरहेका कार्यक्रमलाई बोकेर हिड्न बाध्य नहुने समेत स्पष्ट पारे ।
उनले सरकारी विद्यालयमा आकर्षण घट्नुको मूल कारण पठनपाठन स्तरिय र नियमित नहुन पनि रहेको बताउँदै कतै विद्यार्थीको तुलनामा शिक्षक बढी हुने त कतै विद्यार्थी संख्याको अनुपातमा शिक्षक अत्यन्त न्युन रहने गरेको जिकिर गरे ।
विगतमा शिक्षामा सुधार हुन नसकेको बताउँदै उनले अहिले छुट्टै शिक्षा मन्त्रालय कायम भएका कारण पनि पहिलेका कमिकमजोरीलाई हटाई शिक्षामा परिवर्तन ल्याउने र सरकारी विद्यालयलाई आकर्षणको केन्द्र बनाएर छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं मधेश प्रदेशको अर्थ तथा योजना समितिका सभापति सतिशकुमार सिंहले सेभ द सप्तरीको सहयोगमा जिल्लास्थित विभिन्न समुदायिक विद्यालयको अवस्थामा सुधार आएको बताए । उनले गरिब परिवारका बालबालिकाको विद्यालयसम्मको पुहँचमा बृद्धि भएको बताउँदै शैक्षिक गुणस्तर सुधार्न सेभ द सप्तरीले खेलेको भूमिकाबाट अन्य संघसंस्थाले पनि प्रेरणा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुब प्रसाद देवले आ.ब. २०७९÷८० मा संस्थाद्वारा सेभ द चिल्ड्रेनको सहयोगमा समुन्नती कार्यक्रम अन्तरगत संचालित मातृ तथा नवजात शिशु, बालविकास, आधारभूत शिक्षा, विद्यालय स्वास्थ्य पोषण, किशोरकिशोरी विकास, योन तथा प्रनन् स्वास्थ्य, जिविकोपार्जन लगायतका कार्यक्रमहरुको संचालन प्रभाव र अवस्था बारे बिस्तृत प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रमका साथै सरसफाई, जलवायु परिवर्तन र दैविक प्रकोप बिरुद्ध पनि कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक सन्तोष कुमार यादवले जानकारी दिए । उनका अनुसार आ.ब. २०७९÷८० समुन्नती कार्यक्रममा कुल ६ करोड २७ लाख २४ हजार १६ रुँपैया लगानी भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार काकी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, उपाध्यक्ष फुलकुमारी साह, कोशी पीडित समाजका निर्देशक देवनारायण यादव, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष दिपककुमार झा लगायतले पनि बोल्दै जिल्लामा संचालित गतिविधी मुलुकभरी फैलाउन संस्थालाई सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ