News Category 2080/05/25
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
दैनिक समाचारदाता
राजविराज, २५ भदौ ।
सप्तरीको खडक नगरपालिका ११ निवासी मो. अजिम मेला हेर्न गएको ६ दिन बितिसक्दा पनि घर फर्किएका छैनन् । गाउँमै गत बुधबार कृष्णाष्टमीका अवसरमा लागेको मेला हेरेर आउछु भनी घरबाट निस्केका अजिम त्यही दिनदेखी वेपत्ता भएको परिवारजनले बताएका छन् ।
अजिमका बुबा मो. समिमउल्लाह मियाँ र आमा हसिरनले छोरोको अवस्था पत्ता लगाइदिन भन्दै सदरमुकाम राजविराज जिल्ला प्रहरी कार्यालयमा गुहार्न पुगेका छन् ।
परिवारजनले यसअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा समेत उजुरी गरिसकेका छन् । त्यहाबाट कुनै ठोस परिणाम प्राप्त नभएकाले जिल्लामा समेत उजुरी दिन आइपुगेको उनीहरुले बताएका छन् ।
वेपत्ता रहेका भाई अपहरणमा परेको हुन सक्ने आशंका उनका दाजु रियाजले ब्यक्त गरेका छन् । उनले भाइसँगै गएका केटा साथी सोही राती घर फर्केको तर भाई नफर्के भन्दा अपहरणमा परेको हुन सक्ने बताए । यसबारे भाईका साथीलाई भोली पल्ट बिहानै सोध्दा उनी मेला हेरेर फर्किदा एक जना केटी साथीलाई भेट्न जान्छु भनी बाटोमै आफूसँग आजिम छुटिएको जवाफ दिएको रियाजको कथन छ ।
सो बारे प्रहरीलाई जानकारी गराउँदा केटी साथीले सो दिन अजिम आफूलाई भेट्न आएको स्वीकार गरेपनि भेटेको केही क्षणमै घर जान्छु भन्दै निस्केको र त्यसपछि कता गयो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएको रियाजले जानकारी दिएका छन् ।
वेपत्ता भएको रातीदेखी नै भाई अजिमले बोक्ने ९८१८९८७६९८ नम्बरको मोवाइल स्वीचअफ भएको जानकारी दिँदै दाजु रियाजले भाईको केटी साथीका आफन्तजनले अपहरण गरि भारततर्फ लगेको र त्यहा कुनै अप्रिय घटना हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक सुबेश अधिकारीले अजिमको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले अजिमको अवस्था पत्ता लगाउन प्रहरीले कुने कसर बाँकी नराखेको जानकारी दिँदै उनी वेपत्ता भएको बारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ