News Category 2080/05/27
न्यायिक समितिमा डाक्नेश्वरीका नगर प्रमुखसहित २४ जना विरुद्ध उजुरी
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका नगर प्रमुखसहित २४ जना विरुद्ध उजुरी सोही नगरपालिकाको न्यायिक समितिमा परेको छ ।
निजी जग्गामा जबरजस्ती सडक बनाउन खोजेको भन्दै एक पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी सोही नगरपालिकाको न्यायिक समितिमा रेफर गरिएको हो ।
सो नगरपालिका वडा नं. ८ का ५० वर्षिय उपेन्द्र प्रसाद साहले नगरप्रमुख रामलखन मुखिया सहित २४ जना विरुद्ध दिएको उजुरीमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिका कै न्यायिक समितिमा पठाएपछी बुधवार न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीरा कुमारी यादवको टेवुलमा उक्त उजुरी आईपुगेको हो ।
उपप्रमुख यादवले सो उजुरी आफु समक्ष आइपुगेको पुष्टी गर्दै शुक्रवार विधिवत दर्ता हुने र त्यसपछी आवश्यक प्रकृया अघि बढ्ने जानकारी समेत दिएकी छिन् ।
अघिल्लो दिन मंगलवार साहले जिल्ला प्रशासन कार्यालयमा बुझाएको उजुरी पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी लेवन कस्यप अधिकारीले सम्बन्धित पालिकाको न्यायिक समितिमा लेखि पठाउने तोक आदेश गरेपछी उजुरी उपप्रमुख यादव समक्ष पुगेको हो ।
जनता समाजवादी (जसपा) सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख तथा मधेश प्रदेश समितिका सदस्य समेत रहेका पीडित साहले राजनीतिक आस्थाको आधार तथा पुर्वाग्रही ढंगले नगरप्रमुख मुखियाले आपूmलाई दुःख दिने नियतले निजी जग्गामा वलजफती सडक बनाउने प्रयास थालेको गुनासो पोखेका छन् ।
नगर प्रमुख मुखियाका साथै वडा ८ का वडाध्यक्ष सीताराम पण्डित, विरेन्द्र साह, बलदेव साह, सुरेश साह, सुनिल कुमार साह लगायत २४ जना विरुद्ध परेको उजुरीमा जबरजस्ती निजी जग्गामा निर्माण कार्य सूरु गर्न खोज्नेहरुमाथी कारवाही तथा आफ्नो जिऊ धनको सुरक्षा व्यवस्थाको माँग समेत गरिएको छ ।
उजुरीमा आपूm र आफ्नो परिवारजनको नाममा रहेको वडा ८ स्थित कित्ता नं. ८६८, १०५५ र किता नंं. १५०९ को जग्गा कोशी पम्पनहरको दक्षिणतर्फ एउटै साँध सिमानामा चकलावन्दी भित्रको जग्गा रहेकोमा कृषि प्रयोजनका लागी उक्त जग्गामा अढाई मिटर चौडाई र ८५ मिटर लम्बाई भएको गोरेटो बाटो आफ्नै निजी लगानीमा निर्माण गरी प्रयोग गर्दै आएको उल्लेख छ ।
आफ्नो परिवारद्वारा गरिने खेतीपाती र त्यस स्थल सम्म हलो, गोरु, कृषि उपकरण लगायतका वस्तु लैजान आफैले आप्mनै जग्गामा निजी खर्चमा बनाएको गोरेटो बाटोमा अहिले आएर विपक्षी नगर प्रमुख मुखियासहित २४ जनाले जबरजस्ती सडक फराकिलो बनाउने नाममा तोडफोड सूरु गरेको र प्रतिवाद गर्दा दुब्र्यहार तथा सार्वजनिक मुद्दा लगाई जेल पठाइ दिने धम्की दिएको पीडित साह परिवारको कथन छ ।
उजुरीमा निजी जग्गामा बनाइएको गोरेटो बाटोलाई सार्वजनिक बाटोमा रुपान्तरण गर्न विपक्षीले माटो तथा ग्राभेल समेत हाल्ने काम सूरु गरेको उल्लेख गर्दै गैर कानुनी ढंगले थालिएको काम रोक्न माग गरिएको छ । उजुरी पत्रमा साह परिवारले प्रमाणका रुपमा उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाण पत्र, नक्शा प्रिन्ट, नागरिकता प्रमाण पत्र लगायतका कागजात समेत पेश गर्दै प्रमाण झुठा ठहरे कानून बमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ