News Category 2080/05/31
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको बोदेबरसाइन र खडक नगरपालिकाबाट विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बोदेबरसाइन शाखाबाट खटेको कर्मचारी र प्रहरीको संयुक्त टोलीले आइतबार खडक नगरपालिकाबाट ११ र बोदेबरसाइन नगरपालिकाबाट ४ गरि १५ जनालाई पक्राउ गरेको हो ।
प्राधिकरणको बोदेबरसाइन शाखाका प्रमुख रुपेश कुमार यादवले बोदेबरसाइन नगरपालिकाका कपिल सदा, दिनेश यादव, कुशेश्वर यादव र भागवत राम अवैध रुपले विद्युत पोलमा हुक लगाई बत्ति तथा अन्य काममा विद्युतको प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेको जानकारी दिए ।
त्यस्तै सोही आरोपमा खडक नगरपालिकाका देवकान्त मण्डल, रामअधिन मण्डल, विश्वनाथ मण्डल, मिथिलेश मण्डल, बिन्देश्वर मण्डल, महन्थी मण्डल, हरिनारायण मण्डल, किशोर चौधरी, योगि राम, साकिर हुसैन र मो. नौसाद अलि पनि पक्राउ परेका छन् ।
प्राधिकरणले चोरीको विद्युत बाल्ने ग्राहकको मिटरसमेत नियन्त्रणमा लिए लाइन काट्ने कामलाई प्राथमिकता दिएको शाखा प्रमुख यादवले बताए ।
उनले पक्राउ परेकाहरुबाट चोरी गरि प्रयोग गरेको विद्युत महसुलको तत्कालै मुल्याङकन गरि निस्केको रकम र त्यसमा लाग्ने जरिवाना जोडेर असुल गरिने जनाएका छन् । उनले त्यस क्षेत्रमा विद्युत चोरी भइरहेको सूचना आएपछि प्राधिकरणका कर्मचारी तथा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ