News Category 2080/05/31
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको खडक नगरपालिकामा आइतबार बालबिवाह बिरुद्ध बृहत अभियान प्रारम्भ भएको छ ।
११ हजार मानिसको सहभागितामा आइतबार बिहान ११ बजे एक समारोहबीच अभियानको शुभारम्भ भएको घोषणा गरिएको हो ।
“बालबिबाह जिन्दगी तवाह” नाराका साथ सुरु भएको बृहत अभियान उद्घाटनमा ब्यानर अनावरण गरि शुभारभ्म गर्दै प्रदेशसभा सदस्य माला कुमारी कर्णले सबै नागरिकले समाजमा व्याप्त कुसंस्कार र कुरुती बिरुद्ध आवाज उठाउने र परिवर्तनतर्फ लाग्नु पर्ने आवश्यकता औल्याइन् ।
उनले बालबिवाह बिरुद्धको अभियान सफल बनाउन सबै राजनीतिक दल र सरोकारवाला निकायले सहयोग गर्नु पर्नेमा जोड दिइन् । बालबालिका सम्बन्धी ऐन प्रदेश सभामा प्रस्तुत भएको र यसलाई समय सापेक्ष तथा बालमैत्री बनाउन आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रममा नगरपालिकाका मेयर जयप्रकाश चौधरीले आगामी मंसिर ६ गतेभित्र सबै वडालाई बालविबाह मुक्त वडा घोषणा गरि नगरपालिकालाई पूर्ण बालबिवाह मुक्त क्षेत्र घोषणा गर्ने उद्घोष समेत गरे ।
कुल ११ वडा रहेको नगरपालिकामा हालसम्म ७ र ८ गरी २ वटा वडा बालबिबाह मुक्त घोषणा भइसकेको बताउँदै उनले बाँकी ९ वटा वडामा यो अभियान विभिन्न सचेतना कार्यक्रमका साथ अघि बढ्ने जानकारी दिए ।
खडक नगरपालिकाको आयोजना तथा सबल नेपाल र सेभ द चिल्ड्र्ेनको सहयोग र साझेदारीमा चलाइएको बालबिबाह बिरुद्धको बृहत अभियान अन्तरगत ¥याली, म्याकिङ, प्रतिबद्धताका लागि हस्ताक्षर संकलन, चित्रकला, बक्तृत्वकला, हाजिरी जवाफ, किशोरीहरुबीच क्रिक्रेट प्रतियोगिता, बृक्षारोपन, घर र सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस लगायतका गरी ११ वटा कार्यक्रम तय गरिएको छ ।
सो अवसरमा नगर क्षेत्र भित्रका ४१ वटा सामुदायिक विद्यालयका छात्रछात्रा, ५० वटा बाल क्लब, वडा कार्यालय, स्वास्थ्य चौकी, अधिकारकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
अभियान उद्घाटन समारोहमा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सबल नेपालकी अध्यक्ष जुना गिरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपकराज बुढाथोकी, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक सुबेश अधिकारी, जिल्ला बाल कल्याण संजालकी अध्यक्ष सलमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार दास लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ