News Category 2071/09/21
बसलमको जन्म जयन्ती दिवसमा ¥याली, रक्तदान र कम्बल बितरण
दैनिक संवाददाता
राजविराज, २० पुस ।
मुस्लिम धर्मका अन्तिम सन्देष्टा मोहम्मद सल्लाहो अलैह बसलमको जन्म जयन्ती दिवस आईतबार सप्तरीको राजविराजमा विभिन्न कार्यक्रम गरी मुस्लिम समुदायले मनाएका छन् ।
स्थानीय नुरी जामे मस्जिदको नेतृत्वमा मुिस्लम समुदायका बच्चादेखि वृद्धवृद्धाहरुको सहभागितामा बिहान निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमाका साथै शान्ति जुलुस प्रदर्शन गरिएको थियो ।
मुलुक र संसारभरिमा शान्तिको कामना गर्ने उद्देश्यसहितको सन्देश प्रवाह गर्ने काम गर्नुभएकोले आफुहरु वर्षेनी अन्तिम सन्देष्टा बसलमको जन्म जयन्ती दिवस मनाउँदै आएको स्थानीय मुस्लिम समुदायको कथन छ ।
यसैबीच सोही अवसरमा राजविराजमा रक्तदान र चिसो पीडितलाई कम्बलसमेत वितरण गरिएको छ । अन्तिम सन्देष्टा बसलमको सम्झनामा स्थानीय गरिब विपन्न परिवारलाई कम्बल बितरण गरिएको मुदी मोहरम मेमोरियल ट्रस्टका सदस्य इरसाद अन्सारीले कम्बल प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रम ट्रष्टका अध्यक्ष मुसा अन्सारीको अध्यक्षतमा सम्पन्न भएको थियो ।
यसैगरि नुरी कब्रीस्तान कमिटी राजविराजले आयोजना गरेको रक्तदान कार्यक्रममा मुस्लिम महिलाहरुसहित २९ जना रक्तदान गर्नु भएको थियो ।
सोही अवसरमा तरतिला बानो, जावेद अन्सारी, नेहा अन्सारी, खलिल अन्सारी, बसिम अन्सारी, मो. इम्तियाज, मुन्ना आलम, महमुद आलम, अमजद अन्सारी, मुख्तर आलम, मो. सनाउल्ला वारसी, नाहीद प्रविण, प्रवेज सिद्धिकी, इरफान अन्सारी, मेराज अन्सारी, सलिम जावेद, मो. रिजवान, गुलशन अन्सारी, प्रवाना अन्सारी, समीर अन्सारी, विकरम साह, नुर आलम, फैयाज अन्सारी, मो. जैस, जमिल अख्तर, इरफान अन्सारी, सद्दाम हुसैन, सकिल अन्सारी र सोना अन्सारीले रक्तदान गर्नुभएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ