News Category 2080/06/02
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
वर्तमान संविधानले हिन्दुहरुको मानमर्यादा राख्न सफल नभएको भन्दै विभिन्न चार संस्थाले हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने जानकारी दिएको छ ।
२०४७ संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल लागि नेपाली पार्टी, श्रीराम हनुमान आराधना मण्डल दर्ता नम्बर ८१२ र विभिन्न धार्मिक संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो । सोही पत्रकार सम्मेलनमा बुधबार राजविराजमा हिन्दु राष्ट्र घोषणाका लागि ¥याली निकाल्ने तयारी भइरहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा २०४७ संविधान पुनःस्थापना हाम्रो अभियानका संयोजक किशोरी महतोले २०७२ सालमा जारि भएको संविधानले हिन्दुहरुको रक्षा गर्न नसकेको, गौं हत्यामा संलग्न रहेकाहरुको सरकारले संरक्षण गरेको, धार्मिक द्वन्द चर्काउन चलखेल बढ्दै गएको भन्दै उनले सम्पूर्ण मधेशलाई हिन्दु प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले आउँदो केही दिनभित्रै पहिलो चरणमा मधेशका ८ र छिमेकी तीन गरि ११ जिल्लालाई हिन्दु प्रदेश बनाउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिदै त्यसपछि मुलुकभर सोही आन्दोलनलाई निरन्तरता दिने बताए ।
रामेश्वर राय यादवको अध्यक्षता तथा अभियानका संयोजक महतोको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा देवनारायण महतो, शुसिलचन्द्र अधिकारी, दिपक आत्रेय, विष्णु दास, कनकलाल साह, रामबालक चौधरी, हनुमान आराधना मण्डलका सप्तरी अध्यक्ष बिन्दी मण्डल लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ