News Category 2080/06/02
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
राजविराज वडा नं. ७ स्थित धार्मिक एवं ऐतिहासिक भगवती मन्दिर पोखरीको मंगलबारदेखी सरसफाई थालिएको छ ।
राजविराज नगरपालिकाको अगुवाईमा धार्मिक महत्वको पोखरी आवश्यक सरसफाईको अभावमा पूजाविधी गर्न भक्तजनलाई समस्या हुदै आएको जनगुनासो आएपछी सरसफाई अभियान थालिएको हो । यस अभियानमा जनप्रतिनिधि, नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीले समेतले सघाएका छन् ।
सेना र समुदायबीचको आपसी सद्भावलाई अझै प्रगाढ बनाउन समुदायको हितमा गरिएको आग्रहलाई स्वीकार गर्दै सेनाको टोली सरसफाईमा खटिएको नेपाली सेना बरख गणका कर्णेल रमेश पाण्डेले बताए ।
नेपाल प्रहरीका उपरिक्षक नरेन्द्र कुमार कार्कीले मानववस्तीको बीचमा रहेको उक्त पोखरी सरसफाईको अभावमा दुर्गन्धित रहेकोले सरसफाई अभियानमा नेपाल प्रहरी टोलीको नेतृत्व गर्दै सहभागिता जनाएको बताए ।
उनले संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित सरसफाई कार्यक्रमलाई अन्यवेला पनि निरन्तरता दिनु पर्ने सुझाव समेत दिए ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले नजिकिएको दशै, तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी अभियान थालिएको बताईन । यस पटक पुर्ण सफाई तथा ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिने लक्ष्यका साथ अभियान थालिएको उनको भनाई छ ।
सफाई अभियानमा नगरपालिकाका कर्मचारी, स्थानीयदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको पनि सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिए । जलाशयमा उत्रेर दुषित पोखरी सफाईमा आफै पनि जुटेका उनले पोखरीको नियमित सरसफाई र संरक्षणमा सबैले सहयोग गर्नु पर्ने बताए ।
उनले अभियानको पहिलो दिन झारपात र स्थानीयहरुले फालेको गरी १५ ट्रयाक्टर जति फोहर निकालिएको जानकारी समेत दिए ।
सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी किरण थापा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, सशस्त्र प्रहरीका डिएसपी मोहन विष्ट, राजविराज नगरपालिकाका निलम्बीत मेयर भिमराज यादव, नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरंजन यादव, समाजिक विकास अधिकृत मनोज यादव, पत्रकार अधिकारकर्मी समेत सहभागी छन् ।
नगरको मुख्य स्थानमा अवस्थित उक्त पोखरीमा छठपर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पूजाविधी हुने गरेको छ । उक्त पोखरीको पुर्ण सरसफाई तथा सौन्दर्यको काम सम्पन्न गर्न सकिए राजविराज नगरपालिकाको मुख्य वस्तीका हजारौं जनता लाभान्वित हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/23 जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
- 2081/06/23 अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
- 2081/06/23 स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
- 2081/06/23 बाढी प्रभावितलाई नगद राहत वितरण
- 2081/06/22 अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
- 2081/06/22 भगवती मन्दिरलाई दान पेटिका र डस्टबिन प्रदान
- 2081/06/22 सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
- 2081/06/22 प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
- 2081/06/22 वेवारिसे मोटरसाइकल र साडी बरामद
- 2081/06/21 चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ