News Category 2080/06/03
संविधान दिवसको अवसरमा प्रभातफेरी
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान जारी भएको दिन असोज ३ लाई सरकारीस्तरबाट सप्तरीमा प्रभातफेरी गरि विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
यस अवसरमा बुधवार विहान जिल्ला प्रशासन कार्यालयले राजविराजमा प्रभातफेरीको आयोजना गरेको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत अघिल्लो दिन मंगलवार सरसफाई र विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितको आयोजना गरेको जिल्ला प्रशासन कार्यलयले दोश्रो दिन बुधवार प्रभातफेरी तथा पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको हो ।
स्थानीय गजेन्द्र चोकबाट संविधानको सार, शान्ति सुशासन विकास र समृद्धिको आधार, हक मात्र नखोजौ, कर्तब्य पनि पालना गरौं, संविधानको आधार, तीन तहको सरकार लगायतका नारा लेखिएको प्ले कार्डसहित निस्केको ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनःसोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा तत्कालिन संविधानसभा सदस्य अशोक कुमार मण्डल (अमर), प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरिक्षक धन बहादुर सिह, नेपाली सेना बरख गणका गणपती रमेश पाण्डे, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, नागरीक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, राष्ट्रिय अनुसन्धानका निर्देशक सुरेन्द्र कोइराला, डिभिजन बन कार्यालयका प्रमुख हेमन्त प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग, नेपाली काँग्रेसका सचिव सनत मण्डल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरीसहित विभिन्न विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ