News Category 2080/06/09
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
सप्तरी प्रहरीले युवकको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ९ स्थित सुन्दरी खोलामा भदौं २१ गते फेला परेको एक युवकको शवको अनुसन्धान गर्दै जाँदा सोही नगरपालिका वडा नं. ६ बस्ने पशुपति राम घटनामा संलग्न रहेको जनाएको छ ।
प्रहरीले सुन्दरी खोलाको पुलदेखी करिब सय मिटर दक्षिण पट्टी साईडमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेकोमा अनुसन्धानको क्रममा उक्त मानिसको हुलियाकै आधारमा कंचनरुप नगरपालिका वडा नं. ७ बलुवा बस्ने २५ वर्षिय राहुल कुमार चौधरी रहेको जनाएको छ ।
अनुसन्धानकै क्रममा सो दिन राहुलसँग पशुपतिसँगै रहेको खुल्न आएको भन्दै प्रहरीले उनलाई असोज ४ गते पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार अनुसन्धानकै क्रममा पशुपतिले मृतकको घडी र मोबाईल तथा आर्थिक प्रलोभनमा परी राहुललाई भारततर्फ लगि लागु औषध खरिद गरी घटनास्थलमा ल्याएर अत्याधिक मात्रामा सेवन गराई बेहोस बनाएर पुनः लागु औषध जवरजस्ती खुवाई हत्या गरेको तथा मृत्यु पश्चात् राहुलले लगाएको कपडा तथा साथमा रहेको मोबाईल र घडी लुटेर लगेका थिए ।
पक्राउ परेका रामलाई मंगलबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ