News Category 2080/06/11
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” बिहीबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ ।
राजविराज नगरपालिकाको विभिन्न वडाबाट आएका मुस्लिम समुदायका व्यक्तिहरु नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालिएको हो ।
मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन बिहीबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष मो. तैयब अनसारीले बताए ।
प्रहरीको कडा सुरक्षाबीच निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका (हाल निलम्बित) मेयर भिमराज यादव, कार्यवाहक मेयर इसरत परबिन, जसपाका युवा नेता लक्ष्मण यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए ।
राजविराजमा विभिन्न स्थानबाट आएका मुस्लिम समुदायका युवा, युवती, बृद्धबृद्धा तथा बालबालिकाहरु बाजागाँजा र विभिन्न नाराका साथ नगर परिक्रमा गरे ।
इस्लामिक पात्रो हिजरी सम्वत्को रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा विबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ति मनाउने गरिएको मुस्लिम समाजका उपाध्यक्ष फैयाज अन्सारीले बताए ।
यस अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र बानीको स्मरण गर्ने गरिएको मौलाना कैशर रजा बताउँछन् । पैगम्बर मोहम्मदले आफ्नो जिवनको सम्पूर्ण लक्ष्य समाज सुधार र ब्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गर्नुका साथै समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र बिकृतीहरुको बिरुद्ध ठूलै संघर्ष गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ