News Category 2080/06/12
शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयुक्त इजलासले दुबैलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतको शुक्रबारको इजलाशले नगर प्रमुख गुप्ता र इन्जििनियर साहलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै जनही ६÷६ महिना कैद र ७० हजार जरिवानाको फैसला गरेको छ ।
दोषी ठहर गर्दै दुबैलाई जनही ६÷६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक विद्यालयको निर्माण कार्य सम्पन्न पश्चात् एक लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेका थिए । दुवै जनालाई बिगो एक लाख ४० हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।
इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ