News Category 2080/06/13
आगलागीले एकै व्यक्तिको चार घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
लामखुट्टे धपाउन बालिएको घुर सल्केर आगलागी हुदाँ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एकै ब्यक्तीको चार घर जलेर नष्ट भएको छ ।
विहीवार मध्यराती भएको आगलागीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ५ जोगिनिया निवासी रोहीत रामको चारवटा घर जलेर खरानी भएको हो ।
मध्यराती १ बजेतीर गाई गुहालीबाट सल्केको आगो फैलिएर रामको चार वटा घर खरानी भई झण्डै ७ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
फुसको संरचना भएको घरमा विद्युतिय गतीमा आगो पैmलिएपछि तत्काल नियन्त्रणको उपाय गर्न नसक्दा भाडाकुडा, खाद्यन्न, फनिचर, लताकपडा तथा २ वटा साइकल समेत जलेर खरानी भएको अग्नीपीडित रामले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी तथा प्रहरीको एक घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको प्रहरीले जनाएको छ ।
आगलागीले घर र सबै सम्पती जलेर नस्ट हुदाँ राम परिवारको विचल्ली भएको छ । सानो गल्तीले ठूलो क्षति भएको भन्दै प्रहरीले जथाभावी आगो नबाल्न तथा आवश्यक सावधानी अपनाउन सबैसँग अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ