News Category 2080/06/14
जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
मधेशमा मनाइने जितियाको अवसर पारेर राजबिराजमा आइतबार शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल सप्तरी निकट समाजवादी महिला संघको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महिलाहरूले नाचगान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गरेका थिए ।
उक्त अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबले जितिया पर्वको अवसरमा मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकोले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए ।
यसैगरी मधेश प्रदेशका निवर्तमान उपसभामुख उपमा देवले जितिया पर्व नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन ।
मधेशको पौराणिक महत्वको पर्व असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती महिलाहरुले जितियाको चर्चा र तयारी थालेका हुन् ।
समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा सप्तरी अध्यक्ष केदार यादब, बोदेबरसाईन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, राजगढ गाउपालिका उपाध्यक्ष रेणु मण्डल, मैथली अभियानी करूणा झा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कृष्णपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो परम्परा हो । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरीको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।
सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ ।
शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।
जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार व्रत बस्ने गरिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।
यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।
सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्व छ । ठूलो दुर्घटना वा कुनै विपद्बाट जोगिएपछि यहाँ उखान नै छ– तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन; त्यसैले तिम्रो ज्यान जोगियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ