News Category 2080/06/14
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको एक यात्रुबाहक बस आइतबार दिउँसो सिरहाको मिर्चाैयामा दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
आईतबार दिउँसो करिब २ः३० बजे राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.४ख. ७१८७ नम्बरको धनलक्ष्मी ट्राभल्सको स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले तीब्र गतिमा आउँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन नसकेको उनले बताए ।
सोही दुर्घटनामा घाईते भएका २५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको तथा तीन जनाको अवस्था गम्भिर रहेकोले सिरहा पठाइएको बताए ।
बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ