News Category 2080/06/15
लागु औषधसहित स्वास्थ्यकर्मी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ५ बर्साईन बजारस्थित शत्रुधन चौकबाट प्रहरीले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.५५प. ५४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सप्तरीको छिन्नमस्त गाउँपालिका २ महुवा बस्ने ३९ वर्षिय राज नारायण ठाकुरलाई लागु औषधसहित पक्राउ गरेको हो । उनी बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडिको नम्बर प्लेट भित्रपट्टीबाट प्लाष्टिकमा बेरी राखेको नाईट्राभेट २७ ट्याव्लेट र स्पासमो १५ ट्याव्लेट बरामद भएको थियो ।
पक्राउ परेका ठाकुरलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ