News Category 2080/06/15
लागु औषधसहित स्वास्थ्यकर्मी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ५ बर्साईन बजारस्थित शत्रुधन चौकबाट प्रहरीले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.५५प. ५४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सप्तरीको छिन्नमस्त गाउँपालिका २ महुवा बस्ने ३९ वर्षिय राज नारायण ठाकुरलाई लागु औषधसहित पक्राउ गरेको हो । उनी बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडिको नम्बर प्लेट भित्रपट्टीबाट प्लाष्टिकमा बेरी राखेको नाईट्राभेट २७ ट्याव्लेट र स्पासमो १५ ट्याव्लेट बरामद भएको थियो ।
पक्राउ परेका ठाकुरलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ