News Category 2080/06/15
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा बिचाराधिन तथा फायलमै सीमित रहेका गम्भिर प्रकृतिका अपराधका पुराना घटनाका फायलहरु खोलिने र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सप्तरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ८औं दिन सोमवार संचारकर्मीहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएक हुन् ।
“जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै विगतमा भएका गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढ्नेमा विश्वस्त राख्न आग्रह गर्दै उनले यसमा कोहीसँग पनि सम्झौता नगरिने समेत बताए ।
पत्रकारको सुरक्षा र सम्मानका साथै समयमै सूचना प्रवाहका विषयलाई आफुले प्राथमिकतामा राख्ने उनको भनाई छ । उनले शान्ति सुरक्षा तथा समाजमा आपसी सद्भाव कायम राख्ने विषयमा संचारकर्मीहरुसँग सकारात्मक सहयोग पाउने अपेक्षा पनि राखे ।
अपराध नियन्त्रण तथा पीडितलाई राहत दिने गरी नयाँ ढंगले काम गर्ने योजना सुनाउदै उनले आउन लागेको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको जानकारी पनि दिए ।
कार्यक्रममा सप्तरी सरुवा भएर आएका डिएसपी ढुण्डिराज नेउपानेले जनता र प्रहरीबीचको आपसी सद्भाव अझ प्रगाढ बनाउन तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सबै सरोकारवालासँग मिलेर काम गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण लगायतले जिल्लामा अपराध न्यूनीकरणका लागि आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ