News Category 2071/09/22
सप्तरीमा तीन महिनामा सातको हत्या
दैनिक संवाददाता
राजविराज, २१ पुस ।
सप्तरीमा तीन महिनाको अवधिमा सात जनाको हत्या भएको भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सोमबार सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकको वार्षिक समिक्षा कार्यक्रममा सो तथ्याङ्ग सार्वजनिक गरेको हो ।
तीन महिनाको अवधिमा सप्तरीको विभिन्न स्थानमा एक बालिका र एक महिलाको परिवारबाट, एक वेवारिशे बालक र महिलाको अज्ञात व्यक्तिबाट, एकजना पुरुष मजदुरको उद्योगपतिबाट र अन्य दुईजना पुरुषको हत्या भएको छ भने एउटा भ्रुण हत्या भएको छ तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेक सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा सार्वजनिक प्रतिवेदनमा सो अवधिमा गोली प्रहारको एक, यातनाको एक, अमानविय व्यवहारको राज्यवाट दुई र गैर राज्यबाट एक घटना भएको जनाइएको छ ।
कथित बोक्सीको आरोपमा दुई घटनामा दुई महिला र एक घटनामा एक पुरुष पीडित भएको उल्लेख छ । एक महिला बलात्कार र दुई बालिका बलात्कार तथा एक बालिकामाथी बलात्कार प्रयासका घटना भएको जनाइएको छ । दुई बालबालिकामाथि कुटपिटका घटना भएको छ भने बहुविवाहका पाँचवटा घटनाहरु भएका छन् ।
यता घरेलु हिंसाका १६ वटा घटनामा १२ वटामा पतिबाट, २ वटामा पतिसहित सासु–ससुराबाट, १–१ मा जेठाजु र सौताका छोराबाट १६ जना महिला र एक बालिका प्रत्यक्ष पीडित भएका छन् । घटनाहरु मादक पदार्थ सेवन गरेको, अन्तरजातिय विवाह, चरित्रमाथि शंका, अर्को बिहे गर्न चाहेको, पत्नी अस्विकार गरेको, नागरिकता, विवाह दर्ता र जन्म दर्ता गर्न नमानेको जस्ता विषयमा भएका थिए । घटनाहरु बथनाहा, पटेर्वा, मलेकपुर, ब्रह्मपुर, लोहजरा, नकटी रायपुर, मल्हनिया, इनर्वा फुलबडिया, बनौली, को. बर्साइन गाविसमा १–१ वटा र शम्भुनाथ नपामा २ वटा तथा राजविराज नपामा चार वटा भएका थिए ।
सार्वजनिक प्रतिवेदनमा ती मध्ये एउटामा सम्बन्ध विच्छेद भयो भने दुई वटामा प्रहरी कार्यालयमा सहमति, चारवटामा अदालतमा मिलापत्र र नौ वटामा अदालतमा घरेलु हिंसा, भरणपोषण, कुटपिट, नाताकायम मुद्दा चलिरहेको छ ।
मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला प्रतिनिधिहरुको सहयोगमा देशका ७५ वटै जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको जनाएको छ ।
प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाको अध्यक्षतामा पुनरावेदन अदालतका न्यायाधीश यज्ञप्रसाद वस्यालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, प्रशासकिय अधिकृत लेखनाथ खतिवडा, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीका एसपी हृदय नारायण मण्डल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, जिल्ला बार एकाईका अध्यक्ष कृपा नारायण यादव, बालअधिकार अधिकृत पुनम चौधरी, अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, तमलोपाकी केन्द्रीय सदस्य साधना झा, अञ्चल अप्रहरी कार्यालयका जुगेश्वर राउत, जिल्ला सेवा केन्द्रका संयोजक विष्णु कोइराला, सामुदायिक सेवा केन्द्रका सचिव हित नारायण दास, एकल महिला समूह अध्यक्ष अनिता देवकोटा, पारालिगल समितिका सदस्यहरु, कानुन व्यवसायी, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
- 2082/02/22 कोशीमा एक पुरुषको शव फेला
- 2082/02/22 मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
- 2082/02/22 विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ