News Category 2080/06/15
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको खडक नगरपालिका वडा नं. ११ बनौलीस्थित पोखरीमा तीनदिन अघि बोरा भित्र सडेगलेको अवस्थामा भेटिएको शव लामो समयदेखी वेपत्ता रहेका सोही वडा निवासी मो. अजिमुद्दिनको भएको प्रहरीले खुलासा गरेको छ ।
मेला हेर्न भनि गत भदौं २१ गते घरबाट निस्केका १८ वर्षिय अजिमुद्दिन बेपत्ता थिए । परिवारजन तथा प्रहरीले खोजी कार्य तिब्र बनाएका बेला तीनदिन अघि हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
सम्पूर्ण घटना विवरण उँस्प्रहरीले सोमबार सार्वजनिक गरेको छ । प्रेम प्रसंगको विषयलाई लिएर यस्तो क्रुर घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यको भनाई छ ।
उनले एक बालिकासँग भएको प्रेम सम्बन्धकै कारण अजिमुद्दिनको हत्या भएको खुल्न आएको बताउँदै हत्या घटनामा संलग्न भएको आरोपमा सोही वडाकी ३० वर्षिया बिना देवी यादव, ३४ वर्षिय राम प्रकाश यादव, ३६ वर्षिय डम्बर नारायण साह र ४० वर्षिय छोटेलाल भन्ने धर्मदेव साह पक्राउ परेको जानकारी समेत दिए । पक्राउ परेका मध्ये एकजना मृतकको प्रेम सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाई छ ।
पोष्टमार्टमका लागि घरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको शवको परिक्षण रिपोर्ट प्राप्त भएपछि बोरा भित्र फेला परेको सडेगलेको शव अजिमुद्दिनकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए ।
मृतकका दाजु मो. मजिदका अनुसार गत भाद्र २१ गते बुघवारका दिन कृष्णाजन्माष्टमीका अवसरमा गाउँमा लागेको मेला हेर्न जान्छु भनि निस्केका अजिमुद्दिन त्यस दिन घर फर्केनन् ।
मृतकका दाजु मजिदले भाईसँगै मेला गएका उनका एकजना साथीसँग भाईको अवस्था वारे बुझ्दा उनले सोही राति नै मेला भरेर फर्किदा एकजना केटी साथीसँग भेट्न जान्छु भनि आफुसँग अजिमुद्दिन छुटिएको र त्यस पछि कता गयो भन्ने कुरा आफुलाई केही थाहा नभएको बताएको प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीय हिरा फेकनी मावि बनौलीबाट यसैवर्ष एसईई परीक्षा दिएका अजिमुद्दिनको त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने एक बालिकासँग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ