News Category 2080/06/16
सुशासन तथा पारदर्शिताका लागि समाजवादी अभियान ः पूर्वप्रम नेपाल
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गस्मुलुकमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै मुलुकमा विद्यमान साधन स्रोतको अधिकतम उपयोग गर्दै अघि बढ्न र सुशासन तथा पारदर्शिताका लागि पनि समाजवादी अभियान अपरिहार्य रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताउँदै सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकार केन्द्रीत हुनुपर्ने जिकिर गरे ।
उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पु¥याउनु पर्छ ।”
उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने धारण राख्दै जनतालाई सरल र सहज ढंगले ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गरे ।
सरकारले जनताका पक्षमा काम गरोस् भन्ने खबरदारीकालागि पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको उनको भनाई छ ।
जनतालाई विकास तथा सुशासनको प्रत्याभूति दिनकालागि राजनीतिक स्थायित्व आवश्यक रहने बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले राजनीतिक स्थायित्वकालागि पनि समाजवादी अभियान जरुरी रहेको जिकिर गरे ।
२०७४ मा कम्यूनिष्टको बहुमतको सरकार बनेर पनि संबिधानलाई कुल्चने काम भएका कारण मुलुकमा अहिलेसम्म स्थायित्व आउन नसकेको भन्दै उनले स्थायित्व दिनकालागि नै आफूहरु समाजवादी अभियानमा अघि बढ्नु परेको स्पष्ट पारे ।
उनले भने, “एमाले पार्टी नेतृत्वमा बढ्दो अहंकार संगै हामीलाई भित्तामा पु¥याउने काम गरेकोले अस्तित्व रक्षाकालागि पनि हामी समाजवादी अभियानमा गोलबन्द भएका हौं ।” नेता नेपालले संबिधानको रक्षाकालागि पनि गठबन्धनको सरकार बनाउनु परेको भन्दै वर्तमानमा गठबन्धनको विकल्प नरहेको जिकिर समेत गरे ।
क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्नु नै आफ्नो पार्टीको मूल धेय रहेको भन्दै उनले तानाशाही र संबिधान विरोधी कदम चालेर पार्टीलाई दक्षिणपन्थी कित्तामा पु¥याउन नेकपा (एमाले) को नेतृत्व वर्ग लागेका कारण नै त्यहाँबाट विद्रोह गर्नु परेको बताए ।
समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, पार्टीका उपाध्यक्ष धर्मनाथ साह, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै मंगलबारै पार्टीले जिल्लाको छिन्नमस्ता गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । आयोजित कार्यक्रममा पाँच सय भन्दा बढी अन्य पार्टी परिचmस्त्याग गरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अबिर माला लगाएर स्वागत गरेका थिए ।
गाउँ कमिटिका अध्यक्ष सत्यदेव मंडलको अध्यक्षतमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष धर्मनाथ साह, मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, जिल्ला सदस्य जयप्रकाश यादवले समाजवादी जागरण अभियानको उद्देश्य बारे जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ