News Category 2080/06/16
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
५० शैयाको स्वीकृती पाएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल हाल डेढ सय शैयाको सेवा संचालन गर्दा समस्यै समस्याले गुज्रिरहेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वमा मंगलबार अस्पताल पुगेको टोली समक्ष मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले अस्पताल समस्यै समस्याले जकडिएको फेहरिस्त प्रस्तुत गरेका छन् ।
आयोगका सदस्य राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्ण थापा, शाखा अधिृकत बैकुन्ठराज रेग्मी, मधेश प्रदेशका सांसद एवं अर्थसमितिका सभापति सतिश कुमार सिंह तथा प्रमुख जिल्ला अधिकारी किरण थापा सम्मिलित टोली समक्ष मेसु डा. साहले समस्याको फेहरिस्त प्रस्तुत गरेका हुन् ।

टोली समक्ष डा. साहले भने “५० शैयाको स्वीकृती तथा क्षमता भएको अस्पतालमा सीमित श्रोत, साधन र जनशक्तिको भरमा अहिले १ सय ५० शैयाको सेवा संचालन गर्नुपरिरहेका छ, ५० शैयाका लागि पनि चाहिने आवश्यक जनशक्ति र साधनश्रोत नभएका बेला डेढ सय शैयाको सेवा संचालन गर्नु पर्दा बेला बेलामा समस्या र तनाव झेल्नु परिरहेको छ ।”
उनले टोली समक्ष अस्पतालमा सेवा बिस्तार गर्ने उद्देश्यले तीन सय शैया क्षमता रहने गरि भवन संरचना निर्माण भइरहेकोमा उक्त कार्यपनि सुस्त गतिमा रहेको र हस्तान्तरणमा ढिलाई हुँदा थप समस्या भएको सुनाए ।
अस्पतालमा दिनँहु तीन सयको हाराहारीमा बिरामीहरु चेकजाँच गर्न आउने गरेको भन्दै मेसु डा. साहले बिरामीको चाप बढ्दै गएकाले अविलम्ब भवन निर्माण कार्य सकाएर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्न लगाउन पहलका लागि टोली समक्ष आग्रह समेत गरे ।
उनले अस्पतालमा नाक, कान, घाँटी तथा मानसिक रोग उपचारका चिकित्सकको पदपूर्ती हुन नसक्दा त्यस्ता बिरामीलाई समस्या हुने गरेको लाचारी व्यक्त गरे । उनले बेड अभावमा कतिपय बिरामीलाई भुईमै राखेर भएपनि उपचार सेवा दिन बाध्य भएको सुनाए ।
अहिलेकै अवस्थामा सहज रुपमा सेवा दिन तीन सय भन्दा बढी जनशक्ति आवश्यक परेकोमा स्थायी, करार र दैनिक ज्यालादारी गरि २ सय जनशक्तिबाट काम चलाउनु परिरहेको उनले टोली समक्ष सुनाए । त्यसमा पनि कतिपय करार र दैनिक ज्यालादारीका कर्मचारीलाई अत्यन्त न्युन तलबमा काम लगाउँदा उनीहरुको मनोबल समेत घटेको मेसु डा. साहको भनाई छ ।
अस्पतालको समस्या विवरण बुझे पश्चात् स्थलगत निरिक्षण गरेको टोलीले अस्पताल सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको मेसु डा. साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ