News Category 2080/06/17
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
लागु औषध ओसारपोसार गरेको अभियोगमा पक्राउ परेका स्वाथ्य अधिकृत राजनारायण ठाकुरलाई सप्तरीका आधा दर्जन स्वास्थ्यकर्मी संघ संगठनले बुधबार विज्ञप्ति जारि गर्दै रिहाइको माग गरेका छन् ।
नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम, एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन सप्तरीले संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै सो माग गरेका हुन् ।
सुनियोजित ढंगबाट लागु पदार्थ ओसारपोसार अभियोगमा प्रहरीले स्वास्थ्यकर्मी ठाकुरलाई पक्राउ गरेको आरोप लगाउँदै विज्ञप्तिमा आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मीलाई पक्राउ गर्न निन्दनीय भएको ठहर गरिएको छ ।
विज्ञप्तिमा स्वास्थ्य अधिकृत ठाकुर विभिन्न रोगबाट ग्रसित रहेको भन्दै चिकित्सकको सल्लाहमा स्वास्थ्य परिक्षण तथा नियमित औषधी सेवन गर्नु परेको हुँदा उनलाई रिहा गर्न माग गर्दै रिहा नगरिए स्वास्थ्यकर्मीहरु संघर्षका लागि बाध्य हुने जनाइएको छ ।
जिल्लाको बोदेबरसाइन नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुरलाई कार्यालयको कामकाज सम्पन्न गरि घर फर्किने क्रममा प्रहरीले असोज १२ गते बोदेबरसाइनको शत्रुधन चौकबाट लागु औषधसहित पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ