News Category 2071/09/22
मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता भोलीदेखी
दैनिक संवाददाता
राजविराज, २१ पुस ।
सप्तरीमा खेलकुद गतिविधी न्यून भइरहको बेला पुस २३ गतेदेखी राजविराजमा मदन आश्रित राष्ट्रिय टि ट्वान्टी किक्रेट प्रतियोगिता सुरु हुने भएको छ ।
युवा संघ नगर कमिटि राजविराजको आयोजना र सप्तरी क्रिकेट संघको समन्वयमा आयोजित प्रतियोगिताको तयारी बारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपाल र भारतका १२ वटा टिमहरुको सहभागिता रहने जानकारी दिइएको छ । सो प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने जनाइएको छ ।
सो पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव आयुष श्रेष्ठले प्रतियोगितामा नेपालको १० वटा र भारतको २ वटा टिमको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमलाई दुई समूहमा बाडिएको छ । जसमा समूह “ए” मा नेपालको पूर्वाञ्चल एकेडेमी मोरङ, युवा संघ सप्तरी, कलैया क्लब बारा, महोत्तरी क्लब जलेश्वर, राजदेवी एकेडेमी सप्तरी र लहान स्पोर्टस क्लब सिरहा तथा समूह “बी” मा भारतको कटिहार, पूर्णिया, नेपालको जनकपुर, मोरङको होरिजन एकेडेमी, झापाको मिलन क्लब र काठमाडौंको सिद्धार्थ भ्याली रहेका छन् ।
प्रतियोगितामा नेपालका दुई दर्जन अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा कुल खर्च करिब १२ लाख हुने अनुमान गरिएको छ भने उद्घाटन बाहेकका खेलहरुमा रु. १० को टिकटको व्यवस्था गरिएको जनाइएको छ ।
पुस २३ गतेदेखी २९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता नकआउट चरणमा हुनेछ । २९ गते हुने फाइनल खेल उद्योग मन्त्री महेश बस्नेतले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ