News Category 2080/06/21
मैथिली विकिमिडियन्सद्वारा एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
मैथिली विकिमिडियन्सले एडभान्स विकिपिडिया कार्यशाला सम्पन्न गरेको छ । राजविराज नगरपालिका वडा नं. ७ स्थित चाय चर्चामा सो कार्यशाला सम्पन्न गरेको हो ।
विगत तीन महिनादेखि मैथिली विकिमिडियन्सले राजविराजको विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विकिपिडिया र विकिमिडिया परियोजनाको बारेमा आधारभूत प्रशिक्षण दिँदै आएको छ ।
विकिमिडिया परियोजना र अभियान बारे थप जानकारी दिनका लागि मैथिली विकिमिडियन्सको आयोजनामा कार्यशालामा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यशालामा भारतबाट आएका कमन्स फोटोग्राफर युजर ग्रुपका उपाध्यक्ष सुयश द्विवेदी, इभेन्ट कोर्डिनेटर श्रेया द्विवेदी र विकिपिडिया कमन्सका सम्पादक सुकीर्ती द्विवेदीले सहजीकरण गरेका थिए ।
मैथिली भाषा, संस्कृति र परम्परालाई वैश्विक रूपमा अनलाइनको माध्यमद्वारा संरक्षण र प्रवर्द्धन गर्नको लागि विगत ५ वर्षदेखि मैथिली विकिमिडियन्सले निरन्तर रूपमा काम गर्दै आएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको इन्टर–विकी अफिलिएट मिटअप कार्यक्रमको मुख्य उद्देश्य भविष्यमा राजविराजमा सार्क विकिमिडिया सम्मेलनको आयोजनाको सम्भावनामाथि चर्चा रहेको थियो ।
सोही कार्यक्रमको आयोजनाको सम्भावनामाथि चर्चा गर्नको लागि संस्थाद्वारा गाला डिनरको आयोजना गरिएको थियो । सो डिनरमा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, सप्तरी पत्रकार महासंघको सभापति श्रवण देव, विष्णुपुर गाउँपालिका वडा नंं. ५ का अध्यक्ष जिवछ मण्डललगायत विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितिमा राजविराज नगरमै कार्यक्रमको आयोजना गर्नुपर्ने र यथासम्भव सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
मैथिली विकिमिडियन्सले कमन्स फोटोग्राफर युजर ग्रुपसँगको सहकार्यमा तीन दिनको लागि सप्तरी दर्शन फोटोवाक, विकिमिडिया अभियानसँग सम्बन्धित विभिन्न विषय (शासन प्रणाली, साझेदारी, विकिमिडिया अभियानको भविष्य र सार्क विकिमिडिया सम्मेलनको आयोजना) माथि दुवै आवद्ध समूहबीच दोहोरो छलफल हुने मैथिली विकिमिडियन्सका अध्यक्ष पंकज देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/05/20 यूवकको मृत्युले अस्पताल तनावग्रस्त
- 2081/05/20 आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
- 2081/05/19 विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
- 2081/05/19 जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी
- 2081/05/19 स्थापना दिवसमा अस्पताललाई सहयोग
- 2081/05/19 आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
- 2081/05/19 सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव
- 2081/05/18 इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
- 2081/05/18 नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
- 2081/05/18 लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ