News Category 2080/06/22
सप्तरीका ११ स्थानमा नागरिक यात्रु सहायता कक्ष
दैनिक समाचारदाता
काठमाडौं, २२ असोज ।
चाडपर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले विषेश सुरक्षा योजना अन्तरगत जिल्लाका ११ स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यसैबीच महान चाड विजया दशमी, दिपावली एवं छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजस्थित रुपनी स्टेण्डमा सोमवार नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यो संगै जिल्लामा नागरिक÷यात्रु सहायताकक्षको संख्या ११ पुगेको हो । यातायात व्यवसायी, मजदुर, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी किरण थापाले सो कक्षको उदघाटन गरे ।
आवश्यक्ता अनुसार जिल्लाको अन्य स्थानमा समेत कक्ष विस्तार गरिने योजना रहेको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
सवारी दुर्घटना तथा लुटपाट लगायतका घटना न्यूनिकरणका साथै नागरिकको सुरक्षित यात्रा सुनिश्तिताका लागी कक्षको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
कक्षमा प्रहरीको व्यवस्था समेत गरिएकाले दुर्घटना न्युनिकरणका साथै ठगी, लुटपाट जस्ता घटना नियन्त्रणमा पनि मदत पुग्ने विश्वास गरिएको माउन्ट सगरमाथा यातायात प्रा.लि.का उपाध्यक्ष दिनेश गुप्ताले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ