News Category 2080/06/23
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
नेपाल र भारतका कोशी पीडितहरुले जायज माँग पुरा गराउन आ–आफ्नो भूमीमा आन्दोलन चर्काउने तयारी गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलवार दुबै देशका कोशी पीडितहरुको वसेको संयुक्त बैठकले आन्दोलन चर्काउने तयारी गरेको जनाइएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतको जनअधिकार पार्टी बिहारका अध्यक्ष समेत रहेका कोशी पीडित उपेन्द्र सिह कुशवाहले मुआब्जाको समस्या दुबै देशको कोशी पीडितको साझा समस्या रहेकोले आफुहरु सरकारको ध्यानाकर्षण गराउन विभिन्न दवाबमुलक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।
भारतीय कोशी पीडितद्वारा घोषित आन्दोलन कार्यक्रम अनुसार २०८० पौष ९ गते भारतको सहरसास्थित कोशी कमिशनरी कार्यालयमा एक दिने अनशन तथा २०८० माघ १० गते पटनास्थित विद्यानसभा भवन अगाडीसम्म पैदल मार्च गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
यस्तै माग १९ गते भारतको राजधानी नयाँ दिल्ली पुगेर संसद भवन अगाडी धर्ना, प्रर्दशन र ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको कुशवाहले जानकारी दिए ।
यस्तै सीमावर्ती भारतीय बाजारका समेत दर्जनौ ग्रामपञ्चायत बाढी र डुवान कटानको चपेटामा परी घरबार विहीन बनेको भारतीय कोशी पीडित संघर्ष समितिका अध्यक्ष कुशवाहको भनाई छ ।
उनले कोशीको कहर नेपालका सप्तरी, सुनसरी र उदयपुर जिल्लाका साथै भारतको पिपरा, खुर्ग, विसनपुर, भटियाही, कुनौली, कमलपुर, डगमारा, दिघिया, वनैनिया, न्योर मझारी तथा वेलासिंगोर लगायतका हजारौ सर्वसाधारणलाई बेघर बनाएको बताए ।
नेपाल तथा भारत दुबै तर्फका सरकारको उदासिनताका कारण आफुहरु मुआब्जाबाट बञ्चित रहेको र दुबै देशका सरकारलाई दवाब बनाउन आवश्यक भएको बैठकको निष्कर्ष रहेको उनले बताए । उनले कोशीको कहरले आफुहरुको क्षेत्रमा समेत खेतवारी, विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिर, मस्जिद बगाएर उजाड तुल्याउने गरेको तर सरकारको ध्यान पुग्न नसकेको सुनाए ।
सप्तरी, उदयपुर र सुनसरी कोशी डुवान तथा कटान संघर्ष समितीका संयोजक महिदेव प्रसाद चौधरीले दुबै तर्फका कोशी पीडितले आ–आप्mनो भुमिमा जायज माँग पुरा गराउनका लागी आन्दोलन मार्फत आ–आप्mनो सरकारलाई दवाब दिने सहमती भएको बताए ।
उनले नेपाल तथा भारतका कोशी पीडितहरुको जायज माँग पुरा गराउन आफुहरुले आप्mनो सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम तय गरेको जानकारी पनि दिए । उनले केही कारणवश स्थगन गरिएको आन्दोलन फेरी शूरु गर्ने तयारी भईरहेको बताए ।
वि.स. २०११ सालमा नेपाल–भारतबीच भएको कोशी सम्झौता अनुसार योजना अन्तर्गत परेको जग्गाको मुआब्जा तथा क्षती भएको बालीनालीको क्षतिपूर्ती भारत सरकारले दिनु पर्ने उल्लेख छ । तर तीन पृुस्ता वितिसक्दा पनि अझै मुआब्जा पाउन नसकेको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरु संर्घष समिती नै गठन गरी आन्दोलन गर्दै आएका छन् ।
सप्तरी र सुनसरी बीचको सीमामा पर्ने कोशी ब्यारेज पृुल निर्माणका क्रममा भारत सरकारले आसपासका सर्वसाधारणको जग्गा अधिग्रहण गरेको झण्डै ६८ वर्ष वितिसक्दा पनि आफुहरुले सम्झौता अनुसारको मुआब्जा पाउन नसकेको कोशी पीडितको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/23 जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
- 2081/06/23 अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
- 2081/06/23 स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
- 2081/06/23 बाढी प्रभावितलाई नगद राहत वितरण
- 2081/06/22 अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
- 2081/06/22 भगवती मन्दिरलाई दान पेटिका र डस्टबिन प्रदान
- 2081/06/22 सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
- 2081/06/22 प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
- 2081/06/22 वेवारिसे मोटरसाइकल र साडी बरामद
- 2081/06/21 चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ