News Category 2080/06/25
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि प्रदेश सभा सदस्य किरण कुमारी साहको अगुवाईमा एक टोली निरन्तर छड्के अनुगमनमा छन् । अनुगमनका क्रममा सप्तरीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या घट्दै गएको पाइएको छ ।
बुधबार सो टोलीले महादेवा गाउँपालिका ३ स्थित श्री द्वारिका श्रीलाल सातनी यादव माध्यमिक विद्यालयको छड्के अनुगमन गर्दा विद्यालय रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति देखिएको छ ।
कक्षा १ देखी १२ सम्मको पढाई हुने उक्त विद्यालयमा ८ सय विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिती संख्या १६० मात्र देखिएपछि अनुगमन टोली चकित परे ।
कक्षा १० मा १२६ विद्यार्थी भर्ना रहेको रेकर्डले देखाएपनि उपस्थिति संख्या ७ जनाको मात्र देखिएको टोली नेृतृत्वकर्ता प्रदेश सांसद साहले बताइन् । यस्तै कक्षा ९ मा १४५ जना भर्ना रहेकोमा १५ जना मात्र उपस्थित थिए ।
त्यस्तै अवस्था अन्य कक्षामा पनि देखिएको टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बताए । तीन दिन अघि टोलीले राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको पनि छड्के अनुगमन गरेको थियो । त्यहा पनि यस्तै अवस्था देखिएको टोलीले जनाएको छ ।
प्रदेश सांसद साहका अनुसार श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राविमा १७६ जना विद्यार्थी भर्ना रहेकोमा छड्के अनुगमनका क्रममा ७८ जना विद्यार्थी मात्र कक्षामा उपस्थित देखिएका थिए ।
यस्तै आधारभुत विद्यालयमा पनि भर्ना रहेको तथ्याङ्कको तुलनामा २२ प्रतिशत विद्यार्थी मात्र कक्षामा भेटिएका थिए । यस क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन नसकेको तथा विद्यार्थीको संख्या समेत घट्दै गएको जनगुनासो आएपछि अनुगमन थालिएको बताएकी सांसद साहले विद्यालयहरुमा देखिएको बेथितिले चिन्तित र चकित दुबै तुल्याएको जनाइन् ।
विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थाल्दा नजिकबाट सबै सत्यतथय बुझ्न पाएको टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहको भनाई छ ।
विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहँदा बेलाबेलामा विद्यालयको अनुगमन हुन्थ्यो तर, अहिले पालिकाको मातहतमा गएको र सम्बन्धित पालिकाबाट अनुगमन, निगरानी तथा दण्ड र पुरस्कारको व्यवस्था हुन नसक्दा यस्तो बेथिति देखिएको टोली समक्ष स्थानीयले गुनासो पोखेका छन् ।
बीचमै कक्षा छाडेर घर फर्किने, त्यस्ता विद्यार्थीलाई कडाई गर्न नसक्ने, विद्यार्थीलाई विद्यालयमा आकर्षण गराउन आवश्यक कार्यक्रम संचालन गर्न नसक्ने, विद्यार्थी र अभिभावकलाई शिक्षाको महतव बारे सम्झाउन नसक्ने तथा नियमित पढाई संचालन गर्न नसक्ने लगायतका कारणले सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको टोली समक्ष स्थानीयले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ