News Category 2080/06/25
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
मधेश प्रदेश सरकारद्वारा नवनियुक्त जिल्ला वन पैदावार आपूर्ती समितिका पदाधिकारीहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रमाणपत्र बितरण तथा पदभार ग्रहण गराइएको छ ।
राजविराजस्थित डिभिजन वन कार्यालय सप्तरीको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि समितिका नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण तथा पदभार ग्रहण गराइएको हो ।
मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्रिस्तरिय निर्णयबाट गठन भएको तीन सदस्यीय समितिको अध्यक्षमा जयनारायण यादव तथा सदस्यहरुमा उषाकुमारी मण्डल र मनोज देव रहेका छन् । अध्यक्ष यादव लोसपा सप्तरीका सहसचिव हुन भने सदस्य मण्डल लोसपाका केन्द्रिय सदस्य तथा छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् ।
नवनियुक्त पदाधिकारीहरुलाई डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले प्रमाणपत्र बितरण तथा फुलमाला लगाएर पदभार ग्रहण गराए । वन क्षेत्रको संरक्षण बिस्तार, वन पैदावारको सहज आपूर्ती तथा न्यायोचित बितरण गर्ने उद्देश्यका साथ आफूहरुले काम गर्ने नवनियुक्त पदाधिकारीहरुले प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) का राष्ट्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, लोसपाका बिनोद मण्डल लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ